७ बैशाख २०८१, शुक्रबार
Follow Us

फिनल्याण्डको स्थानीय निर्वाचनमा नेपाली महिलाको उम्मेद्वारी

नेपालब्रिटेन डट कम्
२८ फाल्गुन २०७३, शनिबार ०७:३७

काठमाडौं । नेपाली मूलकी ब्योमा ताम्राकारले फिनल्याण्डमा आगामी अप्रिल ९ मा हुने स्थानीय निर्वाचनमा आफ्नो उम्मेद्वारी दिएकी छन् । १ हजार भन्दा बढि नेपालीको बसोबास रहेको हेलसिन्की क्षेत्रबाट उनले उम्मेरद्वारी दिएकी हुन् । उनी ‘स्विडिश पिपुल्स पार्टी’ सँग सम्बद्ध छिन् । ताम्राकार २५ वर्षदेखि फिनल्याण्डमा बसोबास गर्दै आएकी छिन् ।
वरिष्ठ सञ्चारकर्मी कृष्णा ताम्राकारकी छोरी ब्योमाले नेपाल र फिनल्याण्डका विभिन्न प्राज्ञिक तथा व्यावसायिक क्षेत्रमा काम गरेकी छन् । प्रत्येक चार-चार वर्षमा स्थानीय निर्वाचन हुने फिनल्याण्डमा जुनसुकै भिषामा स्थायी रुपमा लगातार दुई वर्ष बसोबास गरेको व्यक्तिले फिनिश स्थानीय निर्वाचनमा मतदान गर्न पाउँछन् ।