१३ बैशाख २०८१, बिहीबार
Follow Us

जनसम्पर्क समिति बेल्जियमको निर्वाचनमा त्याग देखाउन सबै तयार

नेपालब्रिटेन डट कम्
२८ फाल्गुन २०७३, शनिबार ०८:०६

ब्रसेल्स । नेपाली जनसंपर्क समिति बेल्जियमको चुनवमा माधव सापकोटाको टिमले सर्वसम्मती हुने खण्डमा संगठनको वृह्तर हितको लागि भन्दै अनुजा प्रधानको नेतृत्वलाई स्विकार गर्ने भएको छ । अध्यक्षका प्रत्यासी माधव सापकोटाले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै वर्तमान उपाध्यक्ष र अध्यक्षका उम्मेद्वार अनुजा प्रधानको नाममा सर्वसम्मती हुने भएमा आफुलाई स्विकार्य हुने बताएका छन्  ।
अर्का उम्मेद्वार सिता सापकोटालाई संगठनको हितका लागि त्याग देखाउन उम्मेद्वार अनुजा प्रधानले अनुरोध गरेकी छन् । यस पुर्व उम्मेद्वार प्रधानले सार्वजानिक अभिव्यक्ति दिदै उमेद्वारद्धय सिता सापकोटा र माधव सापकोटालाई मिलेर आएमा आँफुले मैदान खालि गरिदिने घोषणा गरे लगत्तै माधव सापकोटाले उदारता देखाएर एक पद, एक व्यक्ति र एक कार्यकाल हुनु पर्दछ भन्ने आफ्नो स्पस्ट दृष्टिकोण रहेकाले अनुजा प्रधान आउँदा आफुलाई मान्य रहेको बताएका छन् ।
सिता सापकोटाले संगठनको हितका लागि उदारता देखाएमा मार्ग प्रशस्त हुने विष्लेषण गर्न थालिएको छ । उम्मेद्वार अनुजा प्रधानले सामाजिक संजालमा स्टाटस लेख्दै “दिदीले नेपाली समाजमा विभिन्न भुमिकाहरु निभाईसक्नु भएको र नेपाल तरुण दलको केन्द्रिय महिला उपप्रमुख समेत भै सकेकोले बेल्जियमको स्थानिय संगठनमा एक महिला, उर्जाशिल युवालाई अवसर दिदा तपाँइको उचाई अझै बढ्ने मेरो बुझाई छ । तपाँइ र मेरो पटक पटकको भेट र टेलिफोन संवादमा समेत म अनुजा प्रधानको नाममा सर्वसम्मती हुने भए आँफुले सहयोग गर्ने बचन दिनु भएको स्मरण गराउन चाहान्छु ।  दिदीले आँफुले बोलेको बचनलाई पुरा गर्नु हुने छ भन्ने पुर्ण विश्वासका साथ दिदीको शिघ्र प्रतिकृयाको अपेक्षा गर्दछु”  भनेकी छन् ।