१५ चैत्र २०८०, बिहीबार
Follow Us

केन्यासँग नेपाल पराजीत

नेपालब्रिटेन डट कम्
२८ फाल्गुन २०७३, शनिबार १३:०३

काठमाडौं । केन्यासँग नेपाल पराजित भएको छ । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गतको खेलमा केन्याले नेपालविरुद्ध ५ विकेटको जीत हाँसील गरेको हो । केन्याले पाएको ९३ रनको लक्ष्य २४.१ ओभरमा ५ विकेट गुमाएर भेट्टाएको हो । पानी परेको कारण सुरूवातमा खेल प्रभावित भएपछि डिएल मेथडअनुसार केन्याले २९ ओभरमा १०४ रनको लक्ष्य पाएको थियो । पुनः खेलको बीचमा वर्षा भएपछि केन्याले २६ ओभरमा ९३ रन बनाउनुपर्ने थियो ।
बर्षाका कारण खेल ३६ ओभरमा पुग्दा रोकिएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३६ ओभरमा पुरा ८ विकेट गुमाएर ११२ रन बनाएको थियो । तर, बर्षाका कारण लक्ष्य नयाँ लक्ष्य दिइएको थियो । वर्षाका कारण ३८ ओभरमा खेलाइएको खेलको पहिलो पारीमा नेपाली ब्याट्सम्यानले फितलो प्रदर्शन गरे ।
केन्याका लागि कप्तान रकिप पटेलले सर्वाधिक ३४ रन बनाए । कोलिन्स ओबोयाले २४ रन बनाए भने इर्फान करिमले ८ रन बनाए । नेपालका लागि सन्दिप लामिछाने र सागर पुनले २ र २ विकेट लिए ।
अस्वस्थताका कारण कप्तान पारस खड्काले नखेलेपछि आज ज्ञानेन्द्र मल्लले नेपालको कप्तानी सम्हालेका छन् । खेलमा ज्ञानेन्द्रले सर्वा्धिक २७ रन बनाए । ओपनर सुनिल धमला ३ रन मात्र बनाएर पेभिलियन फर्किए । सागर पुन १० रनमा आउट भए । शरद भेषावकरले पनि ३ रन मात्रै बनाउन सके । विनोद भण्डारी ४ रन बनाएर फर्किँदा मेहेबुब आलमले २ रन मात्रै जोडे ।
शक्ति गौचन र सोमपाल कामीले नवौं विकेटका लागि अविजित ३० रनको साझेदारी गरेका थिए । यो नेपालको इनिङमा सबैभन्दा धेरै रनको साझेदारी हो ।