६ बैशाख २०८१, बिहीबार
Follow Us

विप्लवको कार्यकर्ताद्वारा साझा यातायातमा आगजनी

नेपालब्रिटेन डट कम्
२८ फाल्गुन २०७३, शनिबार १३:०६

काठमाडौं । साझा यातायातको यात्रु बसमा आगजनी भएको छ । शनिबार दिउँसो विप्लव माओवादीका कार्यकर्ताले बालाजुको बाइपासमा यात्रु बसमा आजगनी गरेका हुन् । उनिहरुले प्रत्यक्षदर्शीका अनुसार खुकुरी र अन्य हतियारसहित आएको समूहले पेट्रोल छर्किएर आगजनी गरेका हुन् ।
नयाँबसपार्क( एयरपोर्ट रुटमा चल्ने सो बसमा आगजनी गरेसँगै उनिहरु फरार भएका छन् । बालाजुमा बस रोकेर सुरक्षाकर्मी, चालक र सह(चालक खाना खान गएको समयमा बिप्लबका कार्यकर्ताले साझा बसमा आगजनी गरेका बताईएको छ ।
बा ४ ख ५६४८को बसमा रहेका यात्रुलाई झारेर आगो लगाइएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी कार्यकारी अधिकृत महेन्दराज पाण्डेले बताएका छन् । आगलागीबाट बसको भित्री भाग जलेर क्षतिग्रस्त भएको छ । कञ्चनपुर घटनाको बिरोधमा आज बन्द आह्वान भएपनि बिहानैदेखि साझा बसले यात्रु सेवा दिँदै आएको थियो ।