८ बैशाख २०८१, शनिबार
Follow Us

कोदोवारीमा ३ हेलिकप्टर झर्दा (फ्ल्यास ब्याक)

नेपालब्रिटेन डट कम्
२८ फाल्गुन २०७३, शनिबार १५:२७

बाग्लुङ । अमलाचौर । तल हेर्दा जंगलै जंगल थियो, यहाँ पनि बस्ती होला र जस्तो लाग्थ्यो । डाँडै डाँडा, कालीगण्डकीले गहिरो गरी काटेको खोँच, डरलाग्दा पहरे भिर । त्यो स्वीस पाइटलले हेलिकप्टरलाई फनफनी घुमाए, औंलामा घुमाए जस्तो गरी ।
अघिल्लो सिटमा गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष शेष घले उङ्गदै बेला बेलामा मुस्काउँदै थिए । हामी गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछाने, सांसद प्रकाश शर्मा, व्यवसायी चन्द्र ढकाल, गैरआवासीय नेपाली संघका पूर्वप्रवक्ता डा. हेमराज शर्मा पछाडिको सिटमा रोमान्टिक मूडा थियौं । इन्टरकममार्फत् बेलाबेलामा कुराकानी हुन्थ्यो ।

हेलिकप्टरमा चढेकामध्ये व्यवसायी चन्द्र ढकाल पश्चिम नेपालीबारे धेरै जानकार हुनुुहन्थ्यो । फर्किनेक्रममा चन्द्रागिरीमा बन्दै गरेको प्रोजोक्ट हेरेर काठमाडौं फर्किने मुडमा थियौ, हामी सबैजना । मौसम सफा थियो, हेलिकप्टरबाट हेर्दा नेपालको सुन्दरता अझै लोभ लाग्यो देखिन्थ्यो । हेर्दाहेर्दै हेलिकप्टरले पोखराको नेटो काट्यो ।

हामीलाई अरु दुई हेलिकप्टरले पछ्याइ रहेका थिए । आइएमइका प्रमुख हेमराज ढकाल चढेको हेलिकप्टर र प्रभु बैंकमा प्रमुख दक्ष पौडेल चढेको हेलिकप्टर पछाडि थियो । व्यवसायी चन्द्र ढकालले बेलाबेलामा उनीहरुका बारेमा जानकारी लिइ रहनु भएको थियो ।

आफ्नो जन्मस्थल र आफैले पढेको विद्यालयमा आयोजित कार्यक्रममा सहभगी हुन करोडौंको परियोजनासहित ३ वटा हेलिकप्टरसहित उत्रिदाँ कस्को मन प्रफुल्ल नहोला, निकै रोमाञ्चक थियो यात्रा । हामी चढेको हेलिकप्टरले कास्कीको कार्किनेट काटिसकेको थियो । स्वीस पाइलटले हेलिकप्टरलाई ती डरलाग्दा खोचका बीच फनफन्ती घुमाइ रहेका थिए । उनी ‘होयर इज ल्याण्डिङ पेलेस ? क्यान्नट सि एनी फ्रि ल्याण्ड’ भनि रहेका थिए । उनले रुखको टुप्पोमा ल्याण्ड गरौं भन्दै हासिमजाग गरिहेको थियो ।

गैरआवासीय नेपाली संघका अभियान्तालाई बाग्लुङ अमलाचौरको चर्चित मन्दिर भैरवस्थानको मन्दिरको अवलोकन गराउने उद्देश्यले सिधै सिरवारीतिर हानियो हेलिकप्टर । त्यो पाइलटलाई भैरवस्थान पुग्ने वित्तिकै गन्तब्य स्थल छुटेको जानकारी दियौं । तारेभिर हुँदै पहाडको खोचबाट अमलाचौर उत्रियो हेलिकप्टर । जंगलैजंगल, ससाना खेतबारी मात्र छन् अमलाचौरमा ।

९ अक्टोवर २०१५ को दिन थियो । असोजको महिना खेतवारीमा कोदो र धान झुलेका थिए । खुट्टा टेक्ने ठाउँ थिएन । स्थानीय पहिलो पटक गाउँमा हेलिकप्टर ओर्लिन लागेको देखेर उत्साहित थिए । करेसाबारीको कोदो काटेर हेलिप्याड बनाएका थिए । गाउँले बाजाँगाजा फुलमालासहित स्वागतका लागि उत्रिएका थिए ।
गैरआवासीय नेपाली संघका प्रमुख संरक्षक जीवा लामिछानेले त्यो दिनलाई जीवनको महत्वपूर्ण क्षणका रुपमा सम्झिन्छन् । हजारौं संख्यामा गाउँले उपस्थित थिए । गैरआवासीय नेपाली संघका तत्कालीन महासचिव कुमार पन्त र उपाध्यक्ष भवन भट्ट, व्यवासायी हेमराज ढकाल छुट्टै हेलिकप्टर लिएर उत्रिएका थिए । पृथ्वी उच्च माध्यमिक विद्यालयको प्रागणमा विज्ञान प्रयोगशाला र विद्युतीय पुस्तकालय स्थापनाका लागि भवन सिलन्यासका लागि त्यो तामझम गरिएका थियो ।

तत्कालीन नेकपा माओवादी प्रवक्ता दिनानाथ शर्मा, नयाँ शक्ति नेपालका नेता देवेन्द्र पौडेल अगाडि नै कार्यक्रमस्थलमा पुगेका थिए । पूर्वविद्यार्थीको सञ्जाल अमलाचौर स्कुल एलुमनाई एसोसियसन (आशा) को सकृयतामा ५० लाख भन्दा बढी आर्थिक संकलन भइसकेको थियो । ५६ बर्ष पहिला स्थापना भएको विद्यालयले अब मुहार फेरिने आशामा थिए स्थानियबासी । कार्यक्रममा प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित सुरक्षानिकायका प्रमुखको व्यापक उपस्थिति थियो । जिल्लास्थित सबै सञ्चारकर्मी कार्यक्रम स्थलमा पुगेका थिए ।
3

कार्यक्रममा विज्ञान प्रयोगशाला र पुस्तकालयको स्थापनाको लागि भवन निर्माणको शिल्यान्य भयो । कार्यक्रममा बोल्ने वक्ताले अमलाचौर स्कुलको लागि कार्यक्रम कोषेढुंगा भएको बताएका थिए । बोल्ने पालो थियो पूर्वविद्यार्थी तथा व्यवसायी चन्द्र ढकालको । उनले विद्यालय भवन निर्माणका लागि आइएमइ समूहले एक्लै १ कम्तीमा करोडको लागतमा विद्यालय भवनको निर्माण गर्ने घोषणा गरे । त्यसपछि कार्यक्रमको माहोल नै परिवर्तन भयो । स्थानीयको खुशीको सीमा रहेन । सिट्ठी फुक्दै तालीले सो घोषणाको स्वागत गरे । पूर्वविद्यार्थीहरुले विद्यालय बनाउने अभियानले नयाँ उचाइ लियो ।

कतिपयले सो घोषणालाई मेलम्ची आयोजनासँग तुलना गरे । तर अहिले परिस्थिति अर्के छ । गत आइतवार अमलौचर पुग्दा विद्यालय भवनका लागि धमाधम काम भइरहेको थियो । जंगे पिल्लर ठडिएका छन् । दरिलो जग बनाएको छ । आगामी ४ महिनाभित्र विद्यालयले करोडौं रुपैयाँको लागतमा निर्मित नयाँ भवन पाउदैछ । पूर्वविद्यार्थीको सक्रियतामा अत्याधुनिक ई–लाइब्रेरी, विज्ञान प्रयोशाला र संसारको कुनासम्म जोड्ने इन्टरनेट संजालले विद्यालयलाई जोड्दैछ ।
2
बेलायतको लिभरपुरस्थित ब्लु कोस्ट स्कुलमा अध्ययनर विद्यार्थीले होलिडे डेस्टिनेशन त्यही विद्यालयलाई बनाएका छन् । अगामी अगष्ट महिनामा उनीहरु विज्ञान प्रयोगशालाका लागि सामाग्रीसहित श्रमदान गर्न अमलाचौर पुग्ने तयारीमा छन् । पूर्वविद्यार्थीको सक्रियता देखेर विद्यालय प्रशासन, अभिभावक, समेत प्रफुल्ल छन् । विद्यालयमा नयाँ चलपलह बढेको र पूर्वविद्यार्थीबाट सहयोग आउनेक्रम जारी रहेको स्कुल प्रशासनले जनाएको छ ।
प्रध्यानाध्यापक प्रेमप्रसाद शर्मा भौतिक निर्माणपछि गुणस्तरीय शिक्षाका लागि पूर्वविद्यार्थीको भूमिका महत्वपूर्ण हुने बताए ।

– चिरन शर्मा