१३ बैशाख २०८१, बिहीबार
Follow Us

जनसम्पर्क समिति बेल्जियमको सभापतिमा माधवको अग्रता

नेपालब्रिटेन डट कम्
२८ फाल्गुन २०७३, शनिबार १९:२०

लन्डन। नेपाली कांग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति बेल्जियमको आइतवार हुने निर्वाचनमा सभापति पदका लागि माधव सापकोटा अग्रस्थानमा देखिएका छन् । सभापति पदका लागि अर्की प्रत्यासी अनुजा प्रधानले सापकोटालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिए पछि सापकोटा चुनावी अभियानमा अग्रस्थानमा पुगेका हुन् । सभापतिमा सीता सापकोटाले उम्मेदवारी दिएकी छिन्। उनी पार्टी नेता रामचन्द्र पौडेल खेमाकी हुन् भने माधव पार्टी सभापति शेर बहादुर देउवा नजिकट छन् । यसअघि सापकोटाले अनुजाको नेतृत्वमा कार्यसमिति सर्वसम्मत भए आफुले उम्मेदवारी फिर्ता लिने घोषणा गरेका थिए तर अर्की प्रत्यासी सीता सापकोटा आफ्नो नेतृत्वको दावी नछोडे पछि सहमति वातावरण भाडिएको थियो ।

२०५० सालमा नेविसंघ चितवनको सचिवको जिम्मेवारी सम्हालेकी उनी पछि तरण दल चितवनको उपाध्यक्ष भएकी थिइन्। २०६४ मा नेपाल तरुण दल केन्द्रीय समितिको महिला उपप्रमुखको जिम्मेवारी सम्हालेकी उनी पछिल्लो समय कांग्रेस महासमिति सदस्य छिन्।

प्रतिस्पर्धा माधव सापकोटाले एनआरएन बेल्जियमको महासचिव पदको जिम्मेदवारी समाली सकेका छन् ।
मार्च ५ मा जनसम्पर्क समिति बेल्जियमको अधिवेशन सुरु भए पनि निर्वाचन भने आइतवार हुँदैछ। अधिवेशनमा कांग्रेस महामन्त्री शशांक कोइराला, प्रवास हेर्ने केन्द्रीय प्रतिनिधि सुरेन्द्र पाण्डे तथा केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी र एनपी साउद सहभागी हुनेछन्।

करिब ६ हजार नेपाली रहेको बेल्जियममा जनसम्पर्क समितिका १ हजार ३ सय २६ सदस्य छन्।