१४ बैशाख २०८१, शुक्रबार
Follow Us

लडर्सको मैदानमा नेपाली क्रिकेट टोली

नेपालब्रिटेन डट कम्
४ श्रावण २०७३, मंगलवार ०७:०३

लन्डन- नेपाली राष्ट्रिय क्रिकेट टिम आज क्रिकेटको ऐतिहासिक मैदान लर्डसमा खेल्ने भएको छ । हरेक क्रिकेटरले क्रिकेटको मक्का मानिने लर्डसमा खेल्ने सपना बुनेका हुन्छन् । जुन सपना नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीले मंगलबार पूरा गर्नेछन् । नेपाल-बेलायत दौत्य सम्बन्ध स्थापना भएको २ सय वर्ष पुगेको अवसरमा नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग एक दिवसीय खेल खेल्ने क्रममा लर्डसमा उत्रिन लागेको हो । एमसीसीको घरेलु मैदान समेत रहेको लर्डर्समा स्थानीय समयअनुसार १०ः३० बजे खेल सुरु हुनेछ ।
खेलको लाइभ स्टीमिङ पनि हेर्न पाइनेछ । नेपाली क्रिकेट टिम लडर्समा उत्रिन पाउनुलाई अवसरका रुपमा लिदैं विश्व सामु आफ्नो फरक छवि प्रस्तुत गर्न लालायित छ । ‘हामीले लर्डसमा खेल्न पाउनुलाई ठूलो अवसरका रुपमा लिएका छौं’, कप्तान खड्काले भने, ‘लर्डसमा खेल्छु भनेर सजिलै खेल्न सकिने ठाउँ पनि होइन । यस्तो प्लेटफर्मबाट विश्वसामु नेपाललाई चिनाउने फेरि ठूलो अवसर मिल्यो ।’
खड्काले करिब महिना दिनको प्रशिक्षणले गर्दा पनि सन् १७८७ मा स्थापित विश्वकै प्रख्यात क्रिकेट क्लब एमसीसीसँग खेल्न आत्मबल बढेको सुनाए । ‘हामी बेलायतवासी नेपाली समुदायको साथ समर्थनले थप उत्साहित भयौं’, उनले थपे ।