१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पत्रकार महासंघ यूकेको साधारणसभा आइतबार

नेपालब्रिटेन डट कम्
३० फाल्गुन २०७३, सोमबार १०:१६

लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको साधारणसभा आउंदो आइतबार हुने भएको छ । सडबरीस्थित हिमालय क्लबमा हुने सो साधारणसभामा वेष्टमिन्स्टर विश्वविद्यालयमा पत्रकारिताका प्राध्यापक डा. दयाकिसन ठुसुले सम्बोधन गर्ने कार्यक्रम छ ।

उनको प्रवचनमाथि डा. नरेश राई र भगिरथ योगीले प्रतिटिप्पणी गर्ने छन् । अन्तर्राष्ट्रिय सन्चारका विज्ञ ठुसुका करिब डेढदर्जन पुस्तक प्रकाशित छन् । उनका पुस्तक नेपालमा समेत पत्रकारिताको पाठ्यक्रममा समावेश छन् ।

महासंघका अध्यक्ष नरेश खपाङ्गीमगरले अघिल्ला वर्षहरुमा भन्दा यसपटक पत्रकारिताका विज्ञलाई ल्याएर फरक किसिमले साधारणसभा गर्न लागिएको बताए । उनले यस्ता प्रयासले शाखाका सदस्यहरुलाई विज्ञहरुसित सम्बन्ध विस्तार गर्न र अनुभव आमोदप्रमोद गर्न मौका दिने विश्वास व्यक्त गरे ।

साधारण सभाको दोस्रो चरणमा शाखाका प्रगति तथा आर्थिक प्रतिवेदन र आगामी कार्यक्रमका बारेमा छलफल गरिने बताइएको छ ।
शाखाले सबै सदस्यहरुलाई सो साधारणसभामा उपस्थित हुन अनुरोध गरेको छ ।