१५ चैत्र २०८०, बिहीबार
Follow Us

वरिष्ठ कवि पराजुली लन्डनमा

नेपालब्रिटेन डट कम्
३० फाल्गुन २०७३, सोमबार १०:२२

लन्डन । नेपालका वरिष्ठ कवि तथा साहित्यकार गोपाल पराजुली मेडल थाप्न लन्डन आइपुगेका छन् । आइतबार सांझ जेट एयरवेज विमानबाट उनीसहित धर्मपत्नी लक्ष्मी पराजुली लन्डन आएकी छन् ।

नेपाली साहित्य विकास परिषद यूकेको निमन्त्रणामा आएका कवि पराजुली दम्पतिलाई परिषदका वरिष्ठ सहअध्यक्ष कवि कोमल प्रसाद श्रेष्ठ मल्ल, सदस्य ज्ञानेन्द्र राउत लगायत साहित्यकारहरूले हिथ्रो विमानस्थलमा स्वागत गरेका थिए ।

परिषदले गत वर्ष घोषणा गरेको एक तोला सुन र पांच तोला चँंदीमा बनेको एनएलडिसी गोल्ड मेडल पुरस्कार ग्रहण गर्न आएका वरिष्ठ कवि पराजुली यही १४ मार्च देखि नेपाली दूतावासमा हुन लागेको सप्ताहव्यापी मेलामा पनि सहभागी हुने कार्यक्रम रहेको छ ।