१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रधानमन्त्री चीन भ्रमणमा जाँदै

नेपालब्रिटेन डट कम्
३० फाल्गुन २०७३, सोमबार १४:२८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चैतको दोस्रो हप्ता छिमेकी मित्र राष्ट्र चीनको भ्रमण गर्दै हुनुहुन्छ । प्रधानमन्त्री दाहाल आगामी चैत १० गते चीन प्रस्थान गर्ने कार्यक्रम छ । चीनले आगामी चैत ११ गते आयोजना गरेको बोआओ मञ्चमा विशेष वक्ताका रुपमा भाग लिन उहाँ त्यसतर्फ जान लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ । सम्मेलनमा विश्वका राष्ट्र एवम् सरकार प्रमुखलाई निमन्त्रणा दिइएको छ ।
प्रधानमन्त्रीको भ्रमणका विषयमा परराष्ट्र मन्त्रालयले आवश्यक तयारी गरिरहेको बताइएको छ । प्रधानमन्त्रीमा दोस्रो पटक निर्वाचित भएपछि प्रधानमन्त्रीकै हैसियतमा उहाँको यो पहिलो चीन भ्रमण हुनेछ । प्रधानमन्त्री दाहालले गत वर्ष असोजमा ब्रिक्स सम्मेलनका क्रममा भारतको गोवामा चिनियाँ राष्ट्रपति सि चीन फिङसँग भेटवार्ता गर्नुभएको थियो ।