७ बैशाख २०८१, शुक्रबार
Follow Us

स्कटल्याण्डमा मनाइयो नेपाली होली

नेपालब्रिटेन डट कम्
३० फाल्गुन २०७३, सोमबार १५:५४

स्कट्ल्याण्डको अबर्डिनमा बस्ने नेपालीहरुले भव्यरुपमा होली मनाएका छन् ।
अबर्डिनमा बस्ने नेपालीहरुको सामजिक सन्स्था नेप्लिज हिमालयन एसोसियसनले आयोजना गरेको उक्त कार्यक्रममा उत्साहका साथ ठुलो सन्ख्यामा नेपालीहरु सहभागी भई होली खेलेका हुन ।
यसरी पहिलो पटक आयोजना गरिएको होली कार्यक्रममा सबैले रङहरुसँग खेल्दै शुभकामना साटेका थिए । नेपाली-नेपाली बिच यती भब्य रुपमा होली खेल्न पाउदा असाध्यै रमाइलो लागेको भन्दै त्यहाँ सहभागी नेपालीहरुले खुशी ब्यक्त गरेका थिए । एसोसिएसनका उपाध्य डा दिलिप उप्रेतिले यो होलिले नेपालमा धेरै बर्ष अघी साथीभाई आफन्त सँग होली खेलेको अनुभुती भएको भन्दै अब उप्रान्त हरेक बर्ष होली बिशेष कार्यक्रम गर्ने जनाए ।

एशोसियसनका अध्यक्ष टक थापाले आफ्नो सस्कृती को जगेर्ना र आपसी भाइचारा, सामिप्यता र आत्मियता बढाउन यो कार्यक्रमको आयोजना गरिएको बताए । सस्थाका सचिब मिन भट्ट्ले कार्यक्रम सफल भएको र आगामी दिनमा पनि नेपाली कला साहित्य, सस्कृती र नेपाली रितिरिवाज सम्बन्धित कार्यक्रमहरु निरन्तर आयोजना गर्ने जानकारी दिएका थिए । सस्थाका कार्यसमिती सदस्य तोया सापकोटाद्वारा सन्चालित उक्त कार्यक्रममा सहभागी भएर शुभकामना साट्ने सबैलाई कार्यक्रमका सम्योजक तथा पत्रकार शिव तिवारीले धन्यबाद ज्ञापन गरेका थिए ।