१५ बैशाख २०८१, शनिबार
Follow Us

लिम्बुको हत्या सुनमायाले गरेको प्रहरीको दावी

नेपालब्रिटेन डट कम्
३० फाल्गुन २०७३, सोमबार १६:५२

लन्डन । अल्डरसटस्थित भिक्टोरिया रोडको घरमा गत शुक्रबार सांझ एकजना वृद्ध मारेको अभियागमा एक नेपाली महिलालाई अदालतमा सोमबार उपस्थिती गराइएको छ । हयाम्पसायर प्रहरीले अनुसन्धानका क्रममा पक्राउ गरि हिरासतमा राखिएकी महिला ५० वर्षीया सुकमाया तामाङ माथि हत्याको अभियोग दर्ता गरेको हो ।
घट्नास्थलमा प्रहरी पुग्दा ति वृद्ध बेहोस अवस्थामा पाइएको तर पछि एम्बुलेन्स कर्मचारीले उनलाई मृत घोषणा गरेको जनाउंदै प्रहरीले अनुसन्धान थालिएको जनाएको थियो । यसअघि उनको मृत्युको कारण खुल्न नसकेको र त्यसबारे छानबीन शुरु भएको प्रहरीले जनाएको थियो ।
मृत्यु भएका व्यक्ति ताप्लेजुङका ७५ वर्षीय मानबहादुर लिम्बु भएको प्रहरीले पुष्टी गरेको थियो ।