१२ बैशाख २०८१, बुधबार
Follow Us

महाअभियोग सम्बन्धी प्रतिवेदन स्वीकृत

नेपालब्रिटेन डट कम्
१ चैत्र २०७३, मंगलवार ११:१४

काठमाडौं । व्यवस्थापिका संसद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्ध संसद्मा पेस भएको महाअभियोगको प्रस्ताव सम्बन्धी छानबिन प्रतिवेदन, २०७३ मा उल्लेखित सिफारिस सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रस्ताव महाअभियोग सिफारिस समितिका सदस्य रामनारायण विडारीले प्रस्तुत गर्नुभएको थियो । संसद्को अर्को बैठक चैत २ गते दिउँसो १ बजे बस्नेछ ।