१३ बैशाख २०८१, बिहीबार
Follow Us

छिट्टै समाधान निस्कने विश्वास व्यक्त

नेपालब्रिटेन डट कम्
१ चैत्र २०७३, मंगलवार ११:२०

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय निर्वाचनमा सबै दलको सहभागिताका लागि तराई– मधेसकेन्द्रित दलसित संवाद जारी रहेको र छिट्टै समाधान निस्कने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपालका लागि चीनका राजदूत यु होङसँग आज पौडेल निवास बोहराटारमा भएको भेटमा उहाँले ती दलका माग संविधान संशोधनमार्फत पूरा हुने पनि जानकारी गराउनुभयो ।
नेता पौडेलले संविधान संशोधन सबै दलको सहमति र सहकार्यमा हुने र निर्वाचनले संविधान कार्यान्वयन हुँदै राजनीतिक थप स्थायित्व आउने विश्वास व्यक्त गर्नुभएको उहाँका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो । सो अवसरमा चिनियाँ राजदूतले नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा चासो राख्नुभएको थियो ।