१६ चैत्र २०८०, शुक्रबार
Follow Us

निर्वाचन र संशोधन विधेयक सँगसँगै अगाडि बढाउनुपर्नेमा कांग्रेसको निष्कर्ष

नेपालब्रिटेन डट कम्
१ चैत्र २०७३, मंगलवार ११:४४

काठमाडौं । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचन र संविधान संशोधन प्रस्तावलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिएको छ । कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको आज संसदीय दलको कार्यालयमा बसेको बैठकले संविधान संशोधनमार्फत निर्वाचनमा सबैले सहभागी हुने वातावरण बनाउनुपर्ने निष्कर्ष निकालेको हो । बैठकले तराई–मधेसबाट पार्टीको प्रतिनिधित्व गर्ने सांसदसँग संविधान संशोधनलगायत समसामयिक राजनीतिक घटनाका सम्बन्धमा विश्लेषण गरी उक्त निष्कर्ष निकालेको नेताहरुले जानकारी दिए । बैठकले चैत १० गते केन्द्रीय समितिको बैठक गर्ने निर्णयसमेत गरेको छ । बैठकमा संशोधन प्रस्तावलाई तार्किक निष्कर्षमा पु-याएर राजनीतिक समस्या समाधान गर्न पार्टीले नेतृत्व लिने विषयमा पनि छलफल भएको नेताहरुले जानकारी दिए ।