१३ बैशाख २०८१, बिहीबार
Follow Us

बुद्ध माँझ लोक दोहोरी साँझ

नेपालब्रिटेन डट कम्
१ चैत्र २०७३, मंगलवार १२:२१

लन्डन । नेपाली लोक दोहोरीका पारखीका लागि लन्डनमा बुद्ध दोहोरी साँझको आयोजना हुने भएको छ । लन्डनको स्ट्यान्समा अवस्थित नेपाली रेष्टुरेन्ट बुद्ध अथेन्टिक एसियन कुजिनको आयोजनामा ४ अप्रिल, मंगलवार साँझ ६ देखि सो दोहोरीको आयोजान गरिएको हो । आयोजक मध्येका एक सुमन श्रेष्ठका अनुसार सो साँझमा गायकद्वय मधुसुदन थापा र कल्पना गुरुङले दोहोरीमा भाग लिने भएका छन् । गायकद्वय थापा र गुरुङ पछिल्लो समय लोकप्रियताको शिखरमा छन् ।
‘बुद्ध माँझ लोक दोहोरी साँझ’ कार्यक्रमको संज्ञा दिएको सो दोहोरी घम्साघम्सीमा भाग लिन चाहनेलाई अग्रिम टिकट बुकिङ खुला गरिएको आयोजकले जानकारी दिएको छ । अग्रिम टिकट बुकिङ दर १५ पाउण्ड र कार्यक्रम स्थलमा २० पाउण्ड तोकिएको छ ।