६ चैत्र २०८०, मंगलवार
Follow Us

पशुपति र स्वयम्भुका बाँदरसँग सर्तक रहन उपत्यकावासीलाई डा. पुनको आग्रह

नेपालब्रिटेन डट कम्
१ चैत्र २०७३, मंगलवार १४:२८

पशुपति र स्वयभु मन्दिर वरपर बस्ने ९७ प्रतिशत बाँदरमा क्यान्सर र एनआईभीको संक्रमण भएको पाइएको छ । केही समयअघि वासिङगटन विश्वविद्यालयले पशुपतिनाथको १६ र स्वयम्भुको ३९ बाँदरमा गरेको अनुसन्धानले यो तथ्यांक देखिएको हो । ३९ बाँदरमध्ये ३७ मा क्यान्सर र एचआईभी देखिएको हो । विश्वविद्यालयले पहिलो समूहमा १२ र दोश्रो समूहमा ११ र तेश्रोमा १६ बाँदरको अध्ययन गरेको थियो । जसमध्ये १७ भाले र २३ पोथी बाँदर थिए । अनुसन्धानकर्ताका अनुसार नेपाल बाँदरको टोकाइबाट लाग्ने क्यान्सर र एचआईभीको उच्च जोखिममा छ । पछिल्लो समय सहरका बाँदरमा बढी स्वास्थ्य समस्या देखिने गरेको छ । बाँदरको आक्रमणबाट घाइते हुनेहरु अहिले दिनहुँ अस्पताल धाउने गरेका छन् । बाँदरको आक्रमणमा पर्नेहरुमा गम्भीर प्रकृतिको स्वास्थ्य समस्यासमेत देखापर्ने गरेका छन् । यिनै विषयमा टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालका डा. शेरबहादुर पुनसँग गरिएको कुराकानी

सर्तकता अपनाउनु बुद्धिमानी हुन्छ

dr-sher-bahadur-punडा. शेरबहादुर पुन, सरुवा रोग विशेज्ञ, शुक्रराज ट्रपिकल हस्पिटल

० पशुपति र स्वयम्भुको बाँदरको अनुसन्धान डरलाग्दो आयो नि के हो ?
– तथ्यांक डरलाग्दो होइन, समाजमा हामीलाई थाहा नभएको कुरा मात्र हो । यो सरुवा रोगको थे्रड हो, विदेशीले अध्ययन गरेको तथ्यमा गरेको आधारित छ । दैनिक त्यस क्षेत्रमा सयौं मानिस जाने आउने गर्दछन् । कोही न कोही बाँदरको आक्रमणमा परेको समस्या लिएर अस्पताल आउने गरेका छन् । त्यसकारण यसबाट सावधानी अपनाउनुपर्छ । हामीले बाँदरको टोकाइलाई लिइ राख्नु हुँदैन । जनावरबाट रोग सर्ने सम्भावना धेरै हुन्छ । यस्तो समस्या यहाँ मात्र होइन, एसियाको मन्दिरमा बस्ने बाँदरमा विभिन्न भाइरस भेटिएको छ । ती देशमा बेलाबेख सावधानी गराइन्छ । हामीले पनि त्यो सावधानी अपनाउने हो कि ? वातावरणलाई नजिस्काउँ, उनीहरुलाई आक्रमण गर्ने परिस्थिति नमित्याउँ भन्न चाहन्छु ।

० बाँदरले टोकेर आएका विरामीलाई एड्स भएको छ ?
– त्यस्तो केही भएको छैन, यो त एउटा खतराको संकेत मात्र हो । यस्तो किसिमको टेस्ट अस्पतालले पनि गर्दैन, नेपालमा प्रयोगशाल छैन, यो महँगा खालको टेस्ट हो । अनुसन्धानका लागि ठूलो बजेट चाहिन्छ । एक दुईजनाले गरेर सम्भव हुँदैन, सचेतना फैलाउनेहरुले नै यी सबैको व्यवस्था गर्नुपर्छ । यो अध्ययन केही समय अघिको हो, अहिलेसम्म यसको प्रतिशत बढ्यो वा घट्यो ? अरु नयाँ रोग छन् कि भन्ने कुरा सबैले जानकारी राख्नुपर्छ, हामी अनुशासित हुनुपर्छ ।

० टेकु अस्पतालमा दैनिक ५–७ जना बाँदरले टोकेको विरामी आउँछन् । के उनीहरुमा एड्स सरेको छ ?
– हामीकहाँ परीक्षण हुँदैन, यो महँगो परीक्षण प्रविधि हो । यो अनुसन्धानमा गरिएको कुरा हो । अनुसन्धानले यस्तो तथ्य छ है भनेको मात्र हो । यसबारे हामीले कहिले ध्यान दिएनौं । बाँदरले टोकेका हरेक विरामीलाई यो परीक्षण गदैनौं । तर यी भाइरसमा क्यान्सर गराउन महत्वपूर्ण भूमिका खेल्ने भन्ने कुरा चाहिँ विगत चार दशकदेखि गरिएको विभिन्न अनुसन्धानबाट प्रमाणित छ । अर्थात् बाँदरले टोकेर सर्ने एक किसिमको भाइरस टुयुमर अथवा क्यान्सर बनाउन भूमिका खेल्न मद्दत गर्छ । यसको प्रभाव तुरुन्तै होइन, त्यो भाइरस शरीरमा रह्यो भने क्यान्सर गराउन पक्कै पनि सहयोगी बन्छ । यो रुटिन टेस्टमा आउँदैन ।

० वर्षमा १५ देखि १८ सयभन्दा बढी बाँदरले टोकेका मानिस टेकुमा उपचारका लागि आउँदा रहेछन् । यसले डरलाग्दो स्थिति ल्याउने भयो ?
– कोही मानिस दम रोगी छ, उ म-यो भने हामी कहिले पनि उसलाई फ्लुको भाइरसले ट्रिगर ग¥यो, जो व्यक्तिमा ज्वरो आउने, खोकी लागेर म¥यो भने हामीले कहिले पनि भाइरसलाई दोष दिँदैनौं । त्यो व्यक्तिलाई केही न केहीले ट्रिगर गरेको हुन्छ, भाइरस नभइ धुलो पनि हुन्छ । त्यो प्रथम विन्दु भयो, पछि गयो व्यक्तिलाई क्यान्सर भयो भने, खानेपान, जेनेटिकको कुरा मात्र आउँछ, तर अरु कारण पनि हुनसक्छ । त्यसले क्यान्सर भएका मान्छेले अझ दोब्बरसँग क्यान्सर हुने सम्भावना बढाउँछ भन्न सकिन्छ । तर, बाँदरले टोक्ने वित्तिकै सबैलाई क्यान्सर हुन्छ भन्ने होइन, यसले बढवा दिने चाहिँ पक्कै हो ।

० क्यान्सर वा एड्सका विरामी आए भने उनीहरुलाई बाँदरले टोकेको थियो कि थिएन भनेर सोध्नुपर्ने भयो ?
– त्यो भन्नुभन्दा पनि त्यस किसिमको भाइरस अरुमा छ कि छैन भनेर जाँच्नुपर्छ । तर यो तथ्य हामीले एक दशक अघि नै थाहा पाउनुपर्ने थियो । जस्तो क्यासनरु फरेष्ट भन्ने एउटा भाइरस छ, मङ्की फिबर हो । त्यसले भारतमा बाँदर मारेको छ । हामीकहाँ ज्वारो आएर कति मरेका हुन्छन्, तर जाँच हुँदैन । त्यसकारण भाइरस र भेक्ट्रोरिया धेरै हुन्छन् । रुटिनले टेस्ट गर्ने विभिन्न कारणले कठिन हुन्छ ।
बाँदर एउटा जनावर हो, त्यो मानिससँग धेरै नजिक छ । र, जनावरबाट ७० प्रतिशत रोग मानिसमा सर्छ । नजिक हुने भएकाले हामीले जिस्काउनु हुँदैन, त्यसकारण हामी ऊबाट टाढा बस्नुपर्छ । अहिले सार्वजनिक तथ्यांकले हामी सजक रहनुपर्ने त होइन भनेर प्रश्न उठाएको छ ।

० एड्स र क्यान्सर लागेको बाँदरलाई किन राख्ने ?
– डेङ्गो सार्न एउटा लामखुटे हुन्छ, तर लामखुटेलाई कहिले पनि मलेरिया हुँदैन, डेङ्गो पनि हुँदैन, त्यसले सार्न मात्र खोज्छ । सबै बाँदरले टोक्दैन, तर दिशापिसाबबाट पनि सर्छ । यस्ता धेरै कुरा छन्, त्यसको ओरिजिन अथवा इथियोलोजी हामीले कहिले खोज्ने प्रयास गरेका छैनौं । विदेशमा यस्ता कुराको धेरै खोजिनिति हुन्छ ।
इन्डोनेसियाको बालीमा कोही विदेशी जाँदैछ भने उनीहरुलाई पहिले नै सर्तकता गराइएको हुन्छ । बाँदरबाट यस्ता रोग सर्न सक्छ, नजिक गएर खानेकुरा नदिनुहोस्, नचलाउनुहोस् भनिएको हुन्छ । तर हामीकहाँ त्यसरी सर्तकता गरिएको छैन । यी सबै कुरा हामी आफूमा भरपर्छ ।

० एड्स र क्यान्सर भएको बाँदरले मान्छेलाई टोक्नेवित्तिकै सर्छ ?
– सबैमा त्यो सर्ने सम्भवना हुन्छ भन्ने छैन । एकदमै न्यून हुन्छ । यद्यपि जनावरबाट सर्ने रोगबाट सर्तक हुनुपर्छ । रेबिजबारे थाहा भएकाले मान्छे जसरी कुकुरबाट बच्छ, त्यसरी नै बाँदरबाट पनि बच्नुप¥यो ।

० बाँदरलाई चाहिँ केही हुँदैन ?
– हुँदैन, बाँदरबाटै एड्स मानिसमा सरेको भन्ने सुन्नमा आएको छ । एउटा रिजर्भ वायर भन्ने एकप्रकारको शब्द प्रयोग गरिन्छ, जसले रोग मात्र सार्ने, तर उनीहरुलाई केही हुँदैन । उदाहरणका लागि चमेरोले रेविजको रोग सार्छ, तर ऊ आफै चाहिँ क्यारियर हो, उसले बोकेर हिड्छ, उसलाई केही हुँदैन । तर मान्छे र बाँदरको कतिपय रोग मिल्दाजुल्दा हुन्छन् । जस्तो इबोला भाइरस । यो भाइरसले धेरै मान्छे मरे, तर बाँदर मरेको कुरा कतै आएन । अर्को उदाहरण टाइफाइड भएको मान्छे जाति हुन्छ, तर उसँग रहेको ३–४ प्रतिशतले रोगले अरुलाई सारिरहेको हुन्छ । त्यसलाई चिकित्सा भाषामा एसिटिमेटो (लक्ष्णविहिन) भनिन्छ ।

० आफै जोगिएर हिड्नुको विकल्प छ ?
– धार्मिक क्षेत्रमा नजाउ भन्न पनि सकिँदैन, त्यो तथ्यांक सार्वजनिक नहुँदा पनि मान्छे जाने गरेको हो । जनावरबाट सार्ने रोग उत्तिकै छन्, जस्तो कुकुरबाट धेरै रोग सर्छ, स्क्रिपटप्स मुसाको किर्नाबाट सर्छ । यी कुरा बुझेपछि मान्छेले आफूलाई व्यवस्थित गरोस् । थाहा पाएपछि त्यसको उपाय निस्कन्छ ।

० यो अनुसन्धान कहिलेको ?
– यो रिसर्च सार्वजनिक भएको सन् २००६ मा हो, गरेको २००३ मा हो । बाँदरले टोकिराख्ने भएकाले यसबारे हामीले जान्नुपर्ने जरुरी छ ।

० अहिलेसम्म एउटा परीक्षण भएको छैन ?
– हो, अहिलेसम्म एउटा परीक्षण भएको छैन । अनुसन्धान गर्ने निकाय होला, तर म यसबारे अनभिज्ञ छु । म जनस्वास्थ्यमा चासो राख्ने भएकाले सम्बन्धित निकायले बारेमा कदम चाल्नुपर्छ जस्तो लाग्छ ।

– भीम आत्रेय