८ बैशाख २०८१, शनिबार
Follow Us

महाकाली नदीको बाँध फुट्ने खतरा

नेपालब्रिटेन डट कम्
५ श्रावण २०७३, बुधबार ०५:४०

कन्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका चारमा महाकाली नदीको बाँध फुट्न थालेपछि स्थानीय त्रसित बनेका छन् । दोधारा चाँदनी नगरपालिका चार लठ्ठाघाट क्षेत्रमा पर्ने महाकाली नदीको तटबन्ध बाढीका कारण फुट्न थालेपछि रोकथामका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी सक्रिय भएका छन् । भत्किने सम्भावना बढेपछि तटबन्ध बनाउनका लागि सदरमुकाम भीमदत्तनगरस्थित भगतपुर ब्यारेकबाट नेपाली सेनाको टोली पनि त्यसतर्फ गएको छ । तटबन्ध दिउँसैदेखि चर्किएको भएपनि अबेर साँझ अचानक फुट्न थालेको स्थानीयवासीको भनाइ छ। तटबन्ध फुटे छेउछाउका बस्ती डुबान पर्ने निश्चित छ। महाकाली नदीमा रहेको झोलुङ्गे पुलभन्दा करिब पाँच सय मिटर उत्तरतर्फ रहेको बाँध फुटे केही गाउँ समेत डुबानमा पर्ने सम्भावना छ । महाकाली नदीमा पानी ७० हजार क्यूसेक मापन गरिएको जनाएको छ ।