March 30, 2020

नेकपा एमालेको मेची महाकाली अभियान कैलालीको लम्कीमा

  15th March 2017 मा प्रकाशित

धनगढी । नेकपा एमालले मेची–महाकाली अभियानअन्तर्गत आज कैलालीको टीकापुर र लम्कीमा शक्ति प्रदर्शनसहित सभा गर्दैछ । हिजो नेपालगन्ज र बर्दियामा सभा सकेर अगाडि बढेको अभियान टोलीले आज टीकापुरमा दिउँसो एक र लम्कीमा चार बजे सभा गर्न लागेको हो । एमालेको अभियान लक्षित गर्दै थारुहट तराई पार्टी नेपालले कैलाली बन्दको आह्वान गरेपनि प्रभाव परेको छैन । प्रेस विज्ञप्ति जारी गर्दै थारुहट तराई पार्टीले एमालेको मेची–महाकाली अभियानमा सहभागी नहुन पनि अपिल गरेको छ । तर, सभामा सहभागि हुन कैलालीका गाउँ–गाउँबाट एमाले कार्यकर्ता र शुभेच्छुक टीकापुर आउनेक्रममा रहेको एमाले कैलालीले जनाएको छ ।

प्रतिक्रिया