७ बैशाख २०८१, शुक्रबार
Follow Us

सम्पतिको सुखभोग गर्न चाहानुहुन्छ भने दान दिन सिक्नुहोस् : आनी छोइङ

नेपालब्रिटेन डट कम्
२ चैत्र २०७३, बुधबार १२:०५

काठमाडौं । सुमधुर स्वरकी धनि आनी छोइङ डोल्मा बौद्धधर्मकी धर्मगुरु पनि हुन् । देश र विदेशमा राम्रो गायनाको रुपमा चिनिने डोल्मा धर्म सँगै कर्ममा पनि विश्वास गर्ने एक महान व्यत्तित्वको रुपमा चिर परिचित मानिन्छन् । गायन क्षेत्रमा ख्याति प्राप्त डोल्माले धेरै वटा स्वदेशी तथा विदेशी गित गाएर आफ्नो गायन क्षेत्रलाई फराकिलो बनाईसकेकी छन् ।
नेपाली भुमिमा जन्मेकी डोल्माले पहिलो नेपाली गित ‘फुलको आँखामाफुलै संसार’ बाट हरेक नेपालीको हृदयमाबास बस्न सफल भएकी डोल्मा गायक क्षेत्रबाट उठेको रकम समाज सेवामा लगाउँदै आएकी छन् ।
समाज सेवाकै शिलशीलामा भुकम्पबाट प्रभावित भएका विद्यालय भवनहरुको पुनः निर्माणमा अग्रसर घाँसी आदर्श समाज नेपाल–घाँसी नेपाललाई सघाउने हेतुले घाँसी नेपालको कार्यालय (घाँसी घर) मा भएको स्वागत कार्यक्रमामा डोल्माले विद्यालयपुनः निर्माण अभियानको लागी रू १४,०७,५८५ (चौध लाख सात हजार पाँच साय पञ्चासी)को चेक घाँसी नेपालका अध्यक्ष माधव प्रसाद घिमिरे लाई हस्तान्तरण गरेकी छन् ।
चेक ग्रहण गर्दै अध्यक्ष घिमिरेले डोल्माको सहयोग पुनःनिर्माण अभियनको लागी बलियो खम्बा सावित हुने गरी सदुपयोग गर्ने सोच घाँसी नेपालको रहेकोले सहयोगको सहि सदुपयोग हुनेमा विश्वास गरे ।
युनिसेफकी सद्धभाव दूत समेत रहेकी आनी छोइङ डोल्माले घाँसी नेपालले गरेको कामको प्रसंसा गर्दै भनिन “सम्पतिको सुखभोग गर्न चाहानुहुन्छ भने दान दिन सिक्नु होस्” हिजो घाँसी ले पनि यसै गरेका थिए, हामी पनि कमाएको सम्पती दान दिन सिकौ भन्ने भावना व्यक्त गर्दै घाँसीको आदर्शमा आधारित सँस्थाको उद्देश्य पनि दान दिनको लागी भएकोले यस सँस्थाप्रति आफु प्रभावित भएको बताईन् ।
सोही कार्यक्रमा घाँसी नेपालका अध्यक्ष माधव प्रसाद घिमिरेले भूकम्पबाट प्रभावित भएका विद्यालय भवनपुनः निर्माण अभियानलाइ जसरी सहयोग गर्नु भएको छ त्यसरी उनको सहयोगको सदुपयोग हुने विश्वस व्यक्त गरे । कार्यक्रममा घाँसी नेपालका सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । सदस्यहरुले एकसाथ डोल्मालाई स्वातगर्नुको साथै डोल्माको हातबाट आसिस लिएर उनीलाई धन्यवाद ब्क्त गरेका थिए ।