१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सरकारलाई दिएको समर्थन फोरमले फिर्ता लियो, मोर्चा अन्योलमा

नेपालब्रिटेन डट कम्
२ चैत्र २०७३, बुधबार १२:२९

काठमाडौ । सरकारविरुद्ध अविश्वासको प्रस्ताव आए पक्षमा मत दिने गरी  सङ्घीय समाजवादी फोरम नेपालले वर्तमान सरकार निर्माण हुँदा दिइएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टीका संसदीय दलका नेता अशोककुमार राईले सभामुख ओनसरी घर्ती मगरलाई पार्टीले सरकार निर्माण हुँदा दिएको समर्थन फिर्ता लिएको पत्र आज बुझाएको छ । उक्त पार्टीमा १५ सांसद छन् । सरकारले आफ्ना मागप्रति ध्यान नदिएको जनाउँदै समर्थन फिर्ता लिइएको पार्टीले जनाएको छ । दलका प्रमुख सचेतक डा. शिवजी यादवले भने अन्य दलका साथीहरु पत्र बनाउँदै हुनुहुन्छ आजै दर्ता हुन्छ ।

यता मधेसी मोर्चाको बैठक चलिरहेको छ । सरकारलाई अप्ठ्यारो नपार्ने तर प्रोपागाण्डा मच्चाउने नीति अन्तरगत तमलोपा कार्यालय विजुलीबजारमा बसेको मोर्चाको बैठकले संघर्षको कार्यक्रम घोषण गर्ने निर्णय गरे पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको निर्णय सभामुखको सचिवालयमा दर्ता गर्ने कि नगर्ने भन्नेमा चर्काचर्की परेको थियो ।

यता, व्यवस्थापिका–संसदको बुधबारको बैठकमा सांसद महेन्द्रराय यादवले वर्तमान सरकारलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको गठबन्धनले दिएको समर्थन फिर्ता लिएको घोषणा गर्दै त्यसको औपचारिक जानकारी सभामुखलाई दिने बताएका छन् । वर्तमान सरकार गठनकाबेला मोर्चासँग भएका तीनबुँदे सहमति कार्यान्वयन नभएकाले सहमति फिर्ता लिइएको जानकारी उनले दिए ।

मधेशी मोर्चाको चित्र र चरित्र प्रष्ट छैन : डा. अहिराज (मधेशविज्ञ)

rajesh Ahirajडा. राजेश अहिराज, मधेशविज्ञ

० वैशाखदेखि मधेशी मोर्चाले आम हडताल गर्दैछ । अस्तित्वका लागि हो ?

– बन्द हडताल, जनतालाई बन्धक बनाउने, सीमा अवरोध गरेर जनताको जनजीवन असर गर्ने काम राजनीतिक कर्म होइन । दबाब दिनलाई मधेशी मोर्चाले अरु बाटो अख्तियार गर्नुपर्छ । मधेशको नाममा राजनीति गर्ने र मधेशलाई नै बन्धक बनाउने काम पटक्कै राम्रो कुरा होइन । यसले मधेशी मोर्चाप्रति मेधशी जनताको धारणा नकरात्मक भएर जान्छ । मधेश मधेशी मोर्चाको पेवा होइन । मोर्चाका नेताहरुले सक्नु हुन्छ भने अरु तरिकाले राज्यलाई दबाब दिनुपर्छ ।

० आम हडताल भन्ने राजनीतिक हतियारलाई मोर्चाले सस्तो बनाउन खोजेको हो ?
– जनतालाई दुविधामा राखेर आफू सुविधामा बस्नु राजनीति होइन । मधेश बन्द गर्ने आफू काठमाडौं बस्ने, विदेश जाने काम मधेशी मोर्चाले गर्दै आएको छ, त्यो गलत हो । मुलुकको विकास गर्ने, जनताको जनजीवनलाई असर पार्ने काम गर्नु हुँदैन ।

० स्थानीय तहको निर्वाचनमा मोर्चा सहभागी हुनुपर्छ भन्ने हो ?
– सबै निर्वाचनमा मोर्चा सहभागी हुनुपर्छ । लोकतन्त्रमा सबै खालको निर्वाचनमा सहभागी हुनुपर्छ । निर्वाचनको विरोध गर्नु हुँदैन । तर मोर्चाको भनाइ के हो भने हामीसँग सहमति गरेर बनेको सरकारले हाम्रा संशोधनका मागहरु किन पारित नगरेको, हाम्रो माग पूरा नगरिकन निर्वाचनको कुरा किन गरेको ? पहिला संशोधन गरे, त्यसपछि निर्वाचनमा जाउ भनेको हो । सरकारले यो विषयमा सुरुमै प्रतिबद्धता जनाएको हो ।

० यो लडाइँ संसदमा हुनुपर्ने कि सडकमा ?
– म आफै प्रष्ट छैन, मोर्चा सत्तामा पनि छ, संसदमा पनि छ, भूमिका सडकमा देखाउन चाहन्छ । उतारित आन्दोलनकारी भन्छ, यता संशोधन फिर्ता लिएँ भन्छ, लिखितरुपमा निवेदन दर्ता पनि गराएको छैन । यो के हो के मलाई बुझ्न गाह्रो भयो । मधेशी मोर्चाको चित्र र चरित्र प्रष्ट छैन ।

० यो गम्भीर आरोप किन ?
– बैठकमा एकजना नेताजीले सरकारलाई दिएको समर्थन राजनीतिक रुपमा फिर्ता लिए भन्नुभयो, कुनै पनि दलले समर्थन फिर्ता गर्नका लागि सचिवालयमा लिखित निवेदन दर्ता गराउनुपर्छ । उहाँहरुले त्यो काम गर्नुभएको छैन । पहिला धार प्रष्ट हुनुपर्छ । मधेशको कुरा गर्ने हो भने जनताका बीचमा गएर कुरा गर्नुहोस् । तपाईंको सरकार छ, तपाईंकै गृहमन्त्री छ, तपाईंकै सिपाहीले मधेशी जनतालाई गोली हान्दैछ । मधेशी मोर्चा सत्ता पक्ष हो ।
सत्तामा बस्ने, संविधान मान्दिन भन्ने, तर संविधानको सबै साधन श्रोत सदुपयोग गरिराख्ने ? उता जनतालाई संविधान नमान भनिराख्ने । यो धेरै खालको चरित्र र कार्यशैलीले मधेशी मोर्चाको शाख र भविष्य दुर्घटनातिर लैजादैछ । मोर्चा प्रष्ट हुन जरुरी छ ।

० चुनावमा पत्तासाफ हुने डरको मानसिकताले मोर्चामा काम गरेको छ कि ?
– मोर्चाले आजको मितिसम्म समर्थन फिर्ता लिएर मधेश गयो भने केही आश म देख्छु, तर अपराधलाई राजनीतिकरण गर्ने र राजनीतिलाई अपराधिकरण गर्ने जुन अवस्थामा मोर्चा हिडिराखेको छ, यसले दुर्घटना गराउँछ ।