१५ चैत्र २०८०, बिहीबार
Follow Us

द्धिशतवार्षिकी समारोहमा भाग लिन राजकुमार ह्यारी नेपाली दूतावासमा !

नेपालब्रिटेन डट कम्
२ चैत्र २०७३, बुधबार १६:०९

लन्डन । लण्डनस्थित नेपाली दूतावासमा नेपाल ब्रिटेन संबन्ध कायम भएको दुई सय वर्ष पुरा भएको अवसरमा आयोजित समापन कार्यक्रममा वेलायतका राजकुमार ह्यारी सहभागी हुने भएका छन् । नेपाली दूतावास लण्डनको उच्चश्रोतका अनुसार राजकुमार ह्यारीले आगामी सोमवार दिउँसो नेपाली दूतावास भवनमा आयोजित विशेष कार्यक्रम सरिक हुने छ ।

अपरान्ह आयोजना गरिने सो कार्यक्रममा आमन्त्रणबाट मात्रै सहभागिताको व्यवस्था गरिएको दूतावासले जनाएको छ।

दूतावासले मंगलवार देखि एक सातासम्म विभिन्न कार्यक्रमहरु आयोजना गरि द्धिशतवार्षिकी उत्सव मनाइ रहेको छ ।

आज दिन युरोपेली पर्यटकहरुलाई लक्षित गरिएको “भिजिट नेपाल युरोप २०१७” को घोषणाका साथै चित्रकला एवम् फोटो प्रदर्शनी गरिनेछ। बिहीबार मार्च १६ तारिखका दिन आयोजना गरिने अन्तरकृया कार्यक्रमको आयोजना गरिएको छ ।

मार्च १७ मा साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनी, मार्च १९ मा व्यापारिक प्रदर्शनी तथा नेपालमा व्यापार तथा लगानीका अवसरहरुबारे अन्तरकृया कार्यक्रम आयोजना गर्न लागिएको छ।

शनिबार मार्च १८ तारिख भने दूतावास परिसरमै दिउँसो १२ बजेदेखि ५ बजेसम्म खाना तथा सँगीत महोत्सव आयोजना गरिने र सो कार्यक्रम बेलायतस्थित सबै नेपालीहरु तथा नेपालका मित्रहरुकालागि खुल्ला रहेको पनि दूतावासले जनाएको छ।
Harry1-654407