१५ बैशाख २०८१, शनिबार
Follow Us

रक्षामन्त्री खाँणले जवानसँगै मेसमा खाना खाए पछि……

नेपालब्रिटेन डट कम्
२ चैत्र २०७३, बुधबार १७:२१

bk-khad
रक्षामन्त्री बालकृष्ण खाँणले नेपाली सेनाको नारायणहिटीस्थित उपत्यका पृतना मुख्यालयको निरीक्षण गर्नुभएको छ । निरीक्षणका क्रममा उहाँले पृतनाले विपद् व्यवस्थापन र उपत्यका लगायतका जिल्लामा शान्ति सुव्यस्था कायम राख्न खेल्दै आएको भूमिकाबारे जानकारी लिनुभयो ।

रक्षामन्त्री खाँणलाई पृतनापति उपरथी शरदकुमार गिरीले उपत्यका पृतनाको कार्यक्षेत्र र दिएको जिम्मेवारी, जनशक्ति र यहाँबाट हुने कार्य सम्पादनका बारेमा जानकारी गराउनुभयो ।

सो अवसरमा रक्षामन्त्री खाँणले नेपाली सेनालाई आधुनिकीकरण र क्षमता अभिवृद्धि गर्न मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेपाली सेनाले शान्ति सुव्यस्था एवम् विपद् व्यवस्थापनमा गरेको कार्यको प्रशंसा गर्नुभयो ।निरीक्षणपछि रक्षामन्त्री खाँणले जवानका मेसमा जवानसँग बसेर खाना खानुभएको थियो ।

सो अवसरमा जवानहरुले सेनालाई बिहानको खाजामा दिइँदै आएको चना र अण्डामा रोटी वा पाउरोटीलाई पनि समावेश गरिदिन हुन रक्षामन्त्रीसँग अनुरोध गरेका थिए ।

निरीक्षण भ्रमणमा रक्षा सचिव श्रीधर सापकोटा पनि सहभागी हुनुहुन्थ्यो । रासस