१३ बैशाख २०८१, बिहीबार
Follow Us

पूर्व सांसद ढुङ्गेलको निधन

नेपालब्रिटेन डट कम्
३ चैत्र २०७३, बिहीबार ०७:४४

काठमाडौं । नेपाली काँग्रेसका महासमिति सदस्य एवम् पूर्व सांसद रामहरि ढुङ्गेलको राजधानीको डिल्लीबजारस्थित आफ्नै निवासमा सुतिरहेकै अवस्थामा निधन भएको छ । पूर्व सांसद ढुङ्गेल बस्दै आएको कोठामा बिहान मृत अवस्थामा भेटिनुभएको काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिनुभयो ।
बिहान अबेरसम्म ढोका नखुलेपछि उहाँका भतिजाले चुक्कुल फोडेर कोठाको ढोका खोल्नुभएको थियो । उहाँको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लैजाने काँग्रेसले जनाएको छ । पूर्व कृषि सहायकमन्त्री समेत रहनुभएका ढुङ्गेल अविवाहित हुनुहुन्थ्यो । डिल्लीबजारस्थित एक कोठाको भाडामा सादगी जीवन जिउँदै आउनुभएका उहाँ २०५६ को आमनिर्वाचनमा रामेछाम क्षेत्र नं २ बाट निर्वाचित हुनु भएको थियो ।