६ बैशाख २०८१, बिहीबार
Follow Us

अनेसास, बेलायतले केदार संकेत र कृष्ण बजगाईलाई पुरस्कृत गर्ने

नेपालब्रिटेन डट कम्
५ श्रावण २०७३, बुधबार ०७:५७

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज, (अनेसास) बेलायतले कवि केदार संकेत तथा कथाकार कृष्ण बजगाईलाई सुप्रमा पुरस्कारद्वारा पुरस्कृत गरेको छ । कवि संकेतलाई उनको खण्डकाव्य ‘अफिम फुल्ने देशमा ‘ र कथाकार बजगाईलाई उनको कथा संग्रह ‘ कामरेड भाउजू ‘ को लागि पुरस्कृत गरिएको हो ।

कवि संकेत सुप्रमा पुरस्कार – २०१५ ले पुरस्कृत भएका हुन् भने कथाकार बजगाई सुप्रमा पुरस्कार – २०१६ ले पुरस्कृत भएका हुन् ।

साहित्यकार ईश्वर मानन्धरबाट आफ्ना स्व. बुवा सुन्दर प्रसाद मानन्धरको स्मृतिमा सन् २०१२ मा स्थापना गरिएको उक्त सुप्रमा पुरस्कार बेलायती नेपाली डायस्पोराबाट शृजना गरिएका कुनै पनि विधाका उत्कृष्ट कृतिलाई बार्षिक रुपमा पुरस्कृत गर्ने उद्देश्य रहेको छ ।

साहित्यकार मानन्धरको सन् २०१२ को फेब्रुअरिमा देहान्त भएपछि वंहाको धर्मपत्नी श्रीमती जानकी मानन्धर तथा परिवारद्वारा निरन्तरता दिईएको पुरस्कारको राशि £२५१ रहेको छ ।

सन् २०१४ मा पहिलो पटक उक्त पुरस्कार कविता कृति ‘ अनुभूतिका रंगहरु ‘ का लागि कवि मुकेश राईलाई प्रदान गरिएको थियो भने २०१५ को पुरस्कार मानन्धर परिवारमा अर्को शोक परेकोले स्थगित गरि सन् २०१५ तथा २०१६ को पुरस्कार यस पटक संगै प्रदान गरिएको छ । दुवै श्रष्टाहरुलाई २४ जुलाई आईतबार, भानु जयन्ती समारोहमा पुरस्कार प्रदान गरिनेछ ।