१४ बैशाख २०८१, शुक्रबार
Follow Us

महानिरीक्षकसम्बन्धी मुद्दाको सुनुवाइ ६ गते

नेपालब्रिटेन डट कम्
३ चैत्र २०७३, बिहीबार ११:०५

काठमाडौं । सर्वोच्च अदालतले नेपाल प्रहरीका महानिरीक्षकको नियुक्ति सम्बन्धमा परेको मुद्दामा आज अन्तिम चरणको सुनुवाइ हुने भने पनि पुनः यही चैत ६ गतेका लागि सुनुवाइ सारेको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको संयुक्त इजलासले विषय बस्तुको गाम्भीर्यताका कारण पूर्ण इजलासमा ६ गते पुनः सुनुवाइ हुने आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी दिनुभयो । नेपाल प्रहरीका महानिरीक्षक पदमा जयबहादुर चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगराउन यसअघि सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।