४ बैशाख २०८१, मंगलवार
Follow Us

हिलिहाङ फाउन्डेसनलाई दक्षिण कोरियाबाट दुई लाख रुपैयाँ

नेपालब्रिटेन डट कम्
३ चैत्र २०७३, बिहीबार ११:५१

काठमाडौं । रोजगारीका लागि दक्षिण कोरियामा रहेका युवाहरुले हिलिहाङ फाउन्डेसनलाई दुई लाख रुपैयाँ सहयोग उपलब्ध गराएका छन् । याकथुङ सयङ दक्षिण कोरियाले संकलन गरेको उक्त सहयोग विहीबार फाउन्डेसनका अध्यक्ष हर्कबहादुर योङहाङलाई कुवीर लिङदेनले हस्तान्तरण गरेका हुन् । सहयोग अभियान्ता सुरेश योङहाङ, मचिन्द्र योङहाङ, सरोज योङहाङ र नरेन्द्र योङहाङ रहेका संयोजक लिङदेनले जानकारी दिए ।
सहयोग हस्तान्तरण कार्यक्रममा लिम्बुवानका अन्तिम राजा हिलिहाङको नाममा खुलेको फाउन्डेसनले हिलिहाङ दरबारको उत्खनन, स्थानीय क्षेत्रमा पर्यटन प्रवद्र्धन तथा विविध गतिविधि सञ्चालन भइरहेको अध्यक्ष हर्कबहादुरले बताए । हिलिहाङ दरबार संरक्षणका लागि नेपाल सरकार तथा विदेशमा रहेका शुभचिन्तकको सहयोग महत्वपूर्ण रहेको उनले बताए ।
विदेशमा बसेर पुर्खाको नासो संरक्षणका लागि थोरै भए पनि योगदान दिन सकेकोमा आफूहरु आभारी भएको संयोजक लिङदेनले बताए । आउँदा दिनमा पनि सहयोग जारी राख्ने उनले बताए ।