१३ बैशाख २०८१, बिहीबार
Follow Us

गोर्खा रेडियोले नयाँ बर्षमा शुभकामना साँझको आयोजना गर्ने

नेपालब्रिटेन डट कम्
३ चैत्र २०७३, बिहीबार १३:०५

लन्डन, यहिं आउँदो नेपाली नयाँ वर्ष वि.स. २०७४ सालको उपलक्ष्यमा शुभकामना आदान प्रदान गर्ने उद्देश्यले गोर्खा अनलाइन रेडियोको संयोजनमा गोर्खा इन्टरटेनमेन्ट यूकेले सन् २०१७ अप्रिल १६ तारिख आइतवारका दिन लन्डनस्थित फेल्थाम कम्यूनिटी कलेजमा “नेप्लिज न्यू इएर धमाका-२०७४” को आयोजना गर्ने भएको छ ।

विश्वका १ सय दश देशहरुबाट सुनिदै आएको तथा २२ हजारभन्दा बढी युनिक श्राेताहरू रहेको गोर्खा रेडियोद्वारा गत वर्ष पनि नेपाली नयाँ वर्षको उपलक्ष्यमा “गोर्खा रेडियो शुभकामना साँझ” को आयोजना गरिएको थियो ।

नेपाली कला, संस्कृति र पराम्परालाई निरन्तरता दिने र भावी पुस्ताहरूमाझ पनि आफ्ना परम्परा र संस्कृतिलाई समयसापेक्ष एवं परिमार्जित गर्दै लैजानको लागि प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा वुद्धिजिवी, समाजसेवी, कलाकार तथा पत्रकारहरुको सहभागिता रहनेछ ।

स्थानीय नेपाली समाजमा रहेकाे प्रतिभासहित स्थापित कलाकार विभिन्न स्थानीय कलाकारहरुद्वारा नाचगान गरिनुका साथै खानपिन लगायत शुभकामना आदानप्रदान गरिने जानकारी अायाेजक टाेलीले जनाएकाे छ ।

विदेशी जीवनशैली र आडम्बरतर्फ ढल्किंदै गरेको नेपाली समाजलाई आफ्नो देशको मौलिक सा‌स्कृतिक परम्परालाई पनि निरन्तरता दिन सकेमा विदेशी भूमिमा पनि नेपाल र नेपालीको अस्तित्व रहने भएकोले त्यसको लागि सबैजना मिलेर अघि बढ्नु जरुरी हुन जाने अायाेजकहरुकाे विश्वास रहेकाे बताइएको छ । ।

कार्यक्रममा प्रवेश शुल्क वयस्कहरुका लागि १५ पाउण्ड र ६ देखि १२ वर्ष सम्म उमेर हुनेहरुका लागि ९ पाउण्ड तोकिएको छ भने ६ वर्षभन्दा मुनिका लानी निशुल्क प्रवेशको व्यबस्था गरिएको छ ।

नेपालीपन र नेपाली मन भएका नेपाली कला, संस्कृती र परम्परालाई माया गर्ने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई नेपाली नयाँ वर्षको शुभकामना आदान-प्रदान गर्न उपस्थितिको लागि गोर्खा इन्टरटेनमेन्ट हार्दिक स्वागत तथा निमन्त्रणा गर्दछ ।

कार्यक्रम सम्बन्धि प्रोमो सुन्नुहोला