७ बैशाख २०८१, शुक्रबार
Follow Us

अनिश पाण्डेको ‘मनसँग मन बोल’ भिडियो सार्वजनिक

नेपालब्रिटेन डट कम्
३ चैत्र २०७३, बिहीबार १३:१३

गायक अनिश पाण्डेको मनसँग मन बोलको गीतको भिडियो आएको छ । बेलायतमा बस्दै आएका गायक पाण्डेले बेलायतमा नै एक कार्यक्रमको आयोजना गरेर भिडियो सार्वजनिक गरेका हुन् ।

भिडियोमा पछिल्लो समयकी चर्चित नायिका तथा मोडल केकी अधिकारीको दमदार अभिनय देख्न सकिन्छ । केकीले भिडियोमा नरेनसँग जोडी मात्रै नबाँधी एक कुशल प्रेमीकाको भूमिका समेत निर्बाह गरेकी छन् ।
काठमाडौँको पाशुपत क्षेत्र, बेलायतका केही रमणीय स्थलमा छायांकन गरिएको भिडियोमा केकी बृद्धा, आध्यात्मिक तथा सामाजिक अवतारमा देखिएकी छन् ।
अर्जुन पोख्रेलको शब्द तथा संगीतमा तयार भएको गीतको भिडियोलाईसमन अधिकारीले निर्देशन गरेका हुन् ।

दिपेन्द्र थपलिया र कुशल श्रेष्ठको छायाँकनमा तयार भएको गीतको भिडियोलाई निशान घिमिरले सम्पादन गरेका हुन् ।