१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन एसिया क्षेत्रीय सम्मेलन आइतवार देखी क्वालालम्पुरमा

नेपालब्रिटेन डट कम्
३ चैत्र २०७३, बिहीबार १४:०५

लन्डन । गैरआवासीय नेपाली संघको पाँचौं एसिया क्षेत्रीय सम्मेलन आइतवार देखी क्वालालम्पुरमा हुँदैछ।
सम्मेलन वैदेशिक रोजगारीमा रहेका नेपाली समूदायको हितमा केन्द्रित हुने एनआरएन मलेसियाले जनाएको छ । सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको एनआरएन महासचिव महासचीव सुन्दर आलेले बताए ।

सम्मेलनबाट संकलित रकम कल्याणकारी कोषमा जम्मा गरिने वताएको छ । यसअघि सो कोषमा करीव दश लाख रुपैयाा जम्मा भैसकेको छ।

सम्मेलनमा जापान, हङकङ, मकाउ, सिंगापुर, थाईल्याण्ड, अष्ट्रेलिया, जर्मनी, साउदी अरेबिया, कतार, इण्डोनेसिया लगायतका देशबाट गैरआवासीय नेपाली संघका प्रतिनिधिहरु सहभागी हुने भएका छन् ।

सम्मेलनको उद्धघाटन परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतले गर्ने कार्यक्रम रहेको एनआरएन मलेसियाका अध्यक्ष विश्व राईले जनाए । महतसँगै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरिन्जीवि नेपालको पनि कार्यक्रममा सहभागिता हुने बताइएको छ।

मलेसियामा हुन लागेको सम्मेलनमा संघका प्रमुख संरक्षक जीवा लामिछाने, सल्लाहकारहरु त्रिलोक गुरुङ, टिबी कार्की, शंकरबहादुर पौडेल, अध्यक्ष शेष घले, उपाध्यक्षद्धय कुमार पन्त, भवन भट्ट,महासचिव बद्री के.सी लगायत एनआरएनए पदाधिकारीको उपस्थिती रहने छ ।

सम्मेलनकै पूर्व सन्ध्यामा शनिवार फुटसल खेल प्रतियोगिता हुने भएको छ । त्यस्तै सोही दिन अपरान्ह ४ बजे क्वालालम्पुरको होटल ग्राण्ड कन्टिनेन्टलमा नेपाली दूतावास, विभिन्न नेपाली समुदायका प्रतिनिधिहरु, व्यवसायी, पत्रकार, श्रमिकलगायत सरोकारवालाहरुसँग अन्तरक्रिया गर्ने तयारी भैरहेको छ ।