१२ बैशाख २०८१, बुधबार
Follow Us

उद्योगमन्त्री जोशी शनिवार लण्डन आउने

नेपालब्रिटेन डट कम्
३ चैत्र २०७३, बिहीबार १४:१९

लन्डन । नेपाली कांग्रेसका युवा नेता तथा उद्योगमन्त्री नविन्द्रराज जोशी शनिवार वेलायत आउने भएका छन् । नेपाली जनसम्पर्क समिति वेलायतका सल्लाहार चिरन्जीबी ढकालका अनुसार जोशी इतिहाद एरवेज मार्फत शनिवार विहान ७ बजे लण्डनस्थित हित्रो विमानस्थलमा उत्रिदैं छन् ।

मन्त्री जोशी आइतवार नेपाली दूतावार लन्डनमा आयोजित नेपालमा लगानी सम्बन्धी एक कार्यशालामा सहभागी हुने कार्यक्रम छ ।

यस्तै नेपाल — वेलायत संवन्ध कायम भएको दुई सय वर्ष पूरा भएको अवसरमा आयोजित समापन कार्यक्रममा समेत सहभागी हुने वताएको छ ।

मन्त्री जोशीले मंगलवार देखी वेलायतस्थित सांसद तथा सरकारी उच्च अधिकारीहरुसंग भेटघाट गर्ने कार्यक्रमतय गरिएको छ । उनले वेलायतस्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिद्धारा आयोजित अन्तरकृया कार्यक्रममा समेत सहभागी हुने छन् ।