१५ बैशाख २०८१, शनिबार
Follow Us

प्रबुद्ध समूहको बैठक पुनः स्थगित

नेपालब्रिटेन डट कम्
४ चैत्र २०७३, शुक्रबार ०६:१९

काठमाडौं । सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिलगायत द्विपक्षीय चासोका अव्यवहारिक विषयलाई परिस्कृत गर्न गठित नेपाल–भारत प्रबुद्ध समूहको तेस्रो बैठक पुनः स्थगित भएको छ । यही चैत ५ र ६ गते यहाँ आयोजना गर्न तय भएको उक्त बैठक केहीबेर अघि भारतीय पक्षले सहभागी हुन नसक्ने जानकारी गराएपछि स्थगित भएको नेपाल–भारत प्रबुद्ध समूहको सचिवालय सचिव यादव खनालले जानकारी दिनुभयो ।
उहाँले भारतमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका कारण उक्त बैठक यही चैतको अन्तिम साता बस्ने गरी स्थगन गरिएको बताउनुभयो । यसअघि पनि उक्त बैठक पोखरामा आयोजना गर्ने मिति निर्धारण भएपछि अन्तिम समयमा स्थगित भएको थियो ।