७ बैशाख २०८१, शुक्रबार
Follow Us

म्याजिक चप्पल कारखानामा भीषण आगालागी

नेपालब्रिटेन डट कम्
४ चैत्र २०७३, शुक्रबार ०६:२०

मोरङको विराटनगर, टंकीस्थित म्याजिक चप्पल कारखानामा भीषण आगलागी भएको छ । बिहान चार बजेतिर लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगलागीबाट कारखानामा रहेका प्लान्टहरु जलेर नष्ट भएका छन् । आगलागी नियन्त्रण गर्न बिराटनगर नजिकै जिल्लाका करिब दसवटा दमकल परिचालन गरिएको छ । दमकलसँगै सेना, प्रहरी र स्थानीयले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् । उद्योगमा विद्युत सर्ट भएर आगालागी भएको बताइएको छ । आगलागि भएको उद्योग जयश्री पि यु टेक कम्पनीले छालाको चप्पल वनाउदै आएको थियो ।