७ बैशाख २०८१, शुक्रबार
Follow Us

हेर्दा हेर्दै रित्तियो गाउँ!

नेपालब्रिटेन डट कम्
४ चैत्र २०७३, शुक्रबार ०८:३०

चिरन शर्मा । लण्डन । घरघरमा टेलिभिजन छन् । सबैसँग मोवाइल फोन छ । मोबाइलमा इन्टरनेट पहुँच, हात–हातमा फेसबुक । गाउँमा मोटर बाटो पुगेको छ । दिनहुँ आधुनिक सुविधाहरू थपिँदा छन् । स्वास्थ्य चौंकी, सार्वजनिक स्कुलदेखि निजी बोडिङ स्कुलमा अध्ययनरत छन् बालबालिका ।

अथाह छ सम्भावना र अवसर गाउँमा । उत्पादनशील जमिन छ, फलफुल र तरकारी खेतीको प्रशस्तै सम्भवना छ । पर्यटन त्यस्तै छ, परम्परागत पेशासमेत प्रसस्तै सम्भवना छ त्यहाँ । स्वच्छ हावा पानी, तर पनि रोकिएको छैन गाउँ रित्तो पारेर हिँड्नेको लस्कर । पछिल्लो समय अमलाचौरका घरहरु रित्तो हुँदै गएका छन् ।

मानिसहरु हुने खाने भएपछि बिके बेचेर र नबिके जग्गा जमिन बाँझै छाडेर हिँड्नेहरू बढेका छन् । खेत बाझै, बारी बाँझै छन् । सित्तैमा जमिन दियो भने पनि कमाएर खानेसमेत कोही छैन् ।
बाग्लुङ नगरपालिका– १२ (अमलाचौर गाविस) को सरङदेखि ज्यामिरेसम्मको ३ किलोमिटरको बाटोमा करिब ४० घर खाली भइसकेका छन् ।

यसरी गाउँ रित्तो पारेर हिँड्नुको एउटै कारण हो– सुरक्षित भविष्यका लागि वैदेशिक रोजगार । केही वर्ष अघिसम्म अमलाचौर गाविसबाट वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश जाने संख्या नगन्य थियो । सुरुका दिनमा धेरै नेपाली, भारतका विभिन्न शहरमा राजगारीका लागि जान्थे । पछि पहुँचवाला तथा साहुँले पत्याउने ऋण काढेर भए पनि जापान, अमेरिका, युरोपतिरका देशतिर लागे ।

पछिल्लो ४ वर्षको अन्तरालमा वैदेशिक रोजगारीको मूल फट्यो । कोरिया, कतार, युएई, मलेसिया, साउदी अरबलगायतमा मुलुकप्रति आर्कषण बढ्यो । गाउँबाट युवा पलाएन हुन् थाले । वैदेशिक रोजगारीमा जानेले दुःख सुख पैसा वचत गरेर पोखरा, चितवन, कुस्मा, बाग्लुङ बजार, काठमाडौंतिर सासानो जमिनको टुक्राको जोहो गर्न थाले । वैदेशिक रोजगारी तथा विदेशमा काम गर्नेहरुको रहनसहनमा विस्तारै परिवर्तन हुन् थाल्यो ।

विवाह, वर्तबन्ध, पूजाआज जस्ता सामाजिक कार्य उनीहरुले खान्दानीय लवजमा गर्न थाले त्यसको प्रभाव विस्तारै गाउँभरी छरियो । गाउँलेहरुलाई वैदेशीक रोजगारीले रातारात महत्वकांक्षी बनाइदियो । धेरैले उच्च शिक्षा अध्ययन र सरकारी नोकरीभन्दा वैदेशिक रोजगारी रोजे । युवापुस्ता वैदेशिक रोजगारीमा मात्र होइन गाउँबाटै पलायन हुन थाल्यो ।

सात पुस्ताअघि देखी परियार, गन्धर्व, विश्वकर्मा, हरिजन, बाहुन, क्षेत्रीलगायत मिलेर बसेको गाविस हो– अमलाचौर । धेरै दलित जातिको बाहुल्यता भएको गाउँमा धेरै बर्ष अघि आर्थिक रुपमा कमजोर मानिएका अब आर्थिक रुपमा सम्पन्न हुदै गएका छन् । दैनिक ज्यालादारी गरेर खाने मानिस भेट्न कठिन छ ।

‘हेर्दाहेर्दै घरहरु सबै खाली भए गाउँ रित्तो भइसक्यो’ अमलाचौर स्कुल व्यवस्थापन समितिका पूर्व अध्यक्ष भोजराज आचार्यले भने, ‘घर त छन् तर मान्छे छैनन् ।’ रित्ता घरहरु पनि विस्तारै जीर्ण हुँदै गएका छन् ।

ज्यामिरेको १२ घर धुरी मध्य ७ वटा घर रित्तै छन् बाँकी २ घर रित्तिने तयारीमा छन् । ज्यामिरेको खरवारीमा रहेका चापागाइको पुरै वंशका घरै रित्तै छन् । पुराना समाजसेवी हीराबहादुर केसीको घरका भग्नावशेष मात्रै बाँकी छ । उनको अधिकांश परिवार जापान छन् भने केही काठमाडौंतिर बसेका छन् ।

दलित मध्यको सानो गाउँ गन्धर्व परियार र हरिजना परिवार गाउँ छाडेर पोखरातिर बसाईं सरिसकेका छन् । वैदेशिक रोजगारीमा नहुनेहरु कोही पर्वतको कुस्मा, पोखरा, चितवन, म्याग्दी बेनी, काठमाडौं र कतिपय भारतको विभिन्न शहरमा बसाईं सरेर आफ्नो जीविकार्पजन गरेका छन् ।

पुराना मोठमन्दिर समेत जिर्णअवस्थामा छन् । धेरेले गाउँ छाडेपछि धार्मिक विधिका लागि पुरेत र लुगा सिउने दर्र्जीको समेत अभाव छ । अधिकांश परिवारका सदस्यहरु वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगारीको आम्दानीले छोराछोरी पढाउन भन्दै कसैले श्रीमती र छोराछोरीलाई सहरतिर सारिसकेका छन् । गाउँमा वृद्ध आमाबाबु मात्रै छन् । मर्दा मलामी जाने र लास उठाउने तन्नेरी समेत छैनन् ।

जग्गा नबिके बाँझै छोडेर गएर विदेशको कमाईले सुगम क्षेत्रमा जग्गा किनेर बसाइँ सर्नेको संख्या ठूलो भएको आचार्यले बताए । अमलाचौर गाविसबाट अमेरिका, जापान, यूरोप भन्दा कतार, साउदी अरब, मलेसिया, बहराइन, कुबेतलगायतका खाडीमुलुक पुग्नेको संख्या धेरै छ ।
17327899_10154316635598639_196633672_n
स्थानीय शिक्षक हेमबहादुर केसी, ‘अब त मरियो भने मलामी पनि नपाइने भयो ।’ सडक सञ्जालका कारण धेरै सुविधा गाउँमै पुगेका छन् ।

कुस्मा–कैया जोड्ने नेपालकै अग्लो पुल तरेपछि सरङी, रातमाट, काल्लने हुदैं ठाडै अमलाचौर जोड्ने बाटो समेत निमार्णधीन छ । टाकुरी खण्डको मुस्ताङको कोरला नाका र कपिलवस्तुको भारतीय नाकाँ जोड्ने कालीगण्डकी करिडोर यसै गाउँमा पर्छ ।
केसीले आफ्नो जवानीको स्मरण गर्दै भने पहिला–पहिला रुपन्देहीको बुटवल (वटौली), कार्कीनेट हुदै नून, तेल, कपडा, भाँडाकुँडा खरिद गर्न जानुपथ्र्यो । अहिले जीपले घर–घरमै पु-याउँछ ।
17350919_10154316635843639_1728643953_n
पृथ्वी उच्च माध्यामिक विद्यालसँगै रहेको अमलाचौरमा बजार विस्तार भएको छ । अमलाचौरमा नुनदेखि सुनसम्म पाइन थालेको छ । रेडिमेट कपडा सपल खुलेका छन् । अडर गर्ने बित्तिकै नुन–तेल मात्रै होइन चामलका बोरासमेत आँगनमै जीपले झार्छ ।

पूर्वविद्यार्थीहरुको सक्रियतमा करोडौ रुपैयाँको लगानीमा स्थानीय विद्यालय भवन नयाँ निमार्ण हुदैंछ । विद्यालयका शिक्षक पदम पौडेलले ‘सबै सुविधा थपिए पनि विद्यालय हातामा इन्टरनेट सेवा अभावले विश्व सञ्जालमा विद्यार्थीलाई जोड्न नसकिएको बताउँछन् ।

17355041_10154316635923639_2097644611_n

वैदेशीक रोजगारीका क्रममा जापान पुगेर व्यवसायी बनेका दीपेन्द्र केसी अब त सवै सुविधा गाउँमै पुगेको छ, तर परिस्थितिले गर्दा विदेशीन बाध्य भएको भन्दै आफ्नो जीर्ण हुन लागेको घरको चिन्ता गर्छन् । उनले भविष्यमा जीर्ण भएको घरको पूर्नरनिमार्ण गरेर आफ्ना सन्ततिको सम्झनाको लागि भए पनि फेरी गाउँमै घर बनाउने योजना रहेको सुनाए । गाउँ नै रमाइलो छ सयमले साथ दियो भने उतै जाने हाे केसीले भने ।

करिब २० बर्षअघि काठमाडौं भित्रिएका दिपक शर्मा गाउँमा प्रचुर सम्भवना रहेको बताउँदै लगानी अवसर पाए अमलाचौरमै गएर केही गर्न सकिने विचार उनको छ । बढ्दो शहरीकरण र मोटरबाटो सञ्चालनको विस्तारसँगै गाउँमा फलफूल खेतीको प्रसस्तै सम्भवना रहेको उनको दावी छ ।

17350989_10154316635453639_179706927_n

17361254_10154316635863639_262337499_n

17360932_10154316635618639_1054664197_n