११ बैशाख २०८१, मंगलवार
Follow Us

भाउ खोज्ने मालाको हट डान्स( भिडियो सहित)

नेपालब्रिटेन डट कम्
४ चैत्र २०७३, शुक्रबार ११:०५

पछिल्लो समयकी चर्चित मोडेल तथा नायिका माला लिम्बुको नृत्य रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रतिक्षा भण्डारीको आवाजमा ‘भाउ खोज्ने त्यो ठुला कुरा’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।

नृपेश उप्रेतीको शब्दमा तयार पारिएकोे गीतमा अर्जुन पोखरेलको संगीत दिएका छन् । बालाजुस्थित चलचित्र स्टुडियोमा छायाँकन गरिएको भिडियो समन अधिकारीले निर्देशन गरेका हुन् । गीतमा प्रशान्त तामाङको कोरियोग्राफि रहेको छ । भिडियोमा माला लिम्बुलाई बिचार पौड्यालले साथ दिएका छन् । युट्युबमा सार्वजनिक भएको १२ घण्टामै गीतलाई करिब ५० हजारले हेरेका छन् ।

आफ्नो पहिलो गीतलाई दर्शकले मन पराइदिएकाले आफुलाई हौसला मिलेको गायिका भण्डारीले बताएकी छिन् । मोडेल माला लिम्बुले आफुलाई गीत निकै मन परेको र मेहनतसाथ काम गरेकाले सबैले भिडियो मन पराउनेमा विश्वस्त रहेको बताइन् । मालाकै अभिनय रहेको चलचित्र ‘पर्व’मा समावेश ‘कालेदाई’ बोलको गीत पनि अहिले चर्चामा छ ।