१४ बैशाख २०८१, शुक्रबार
Follow Us

समाजवादी पार्टीले सरकार छोड्यो

नेपालब्रिटेन डट कम्
५ श्रावण २०७३, बुधबार ११:४८

काठमाडौं । सरकार विरुद्ध व्यबस्थापिका संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल हुने अघिल्लो दिन समाजवादी जनता पार्टी सरकारबाट बाहिरिएको छ । पार्टीको बुधवार बसेको केन्द्रीय समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने निर्णय गरेको हो । पार्टीको निर्णय अनुसार खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले सरकारबाट राजीनामा दिएका हुन् । पार्टी अध्यक्ष समेत रहेका सिंहले भने, ‘संसदमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेश भइसकेको अवस्थामा सरकारमा बसिरहनुको औचित्य नहुने पार्टीको निर्णय पछि मैले राजीनामा दिए ।’
यसअघि सत्ताको प्रमुख घटक नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । माओवादी केन्द्रले संसदमा सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । अविश्वासको प्रस्तावमा संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले समर्थन गरेको थियो । सरकारमा सहभागि दल फोरम लोकतान्त्रिक र राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सरकार छोड्ने तरखरमा रहेको बताईन्छ ।