१५ चैत्र २०८०, बिहीबार
Follow Us

चिकित्सकलाई कमिसन दिने प्रयोगशालाहरु कारबाहीमा पर्ने

नेपालब्रिटेन डट कम्
५ चैत्र २०७३, शनिबार ०३:५४

काठमाडौं । बिरामीको रोग पत्ता लगाउन गरिने प्रयोगशाला अर्थात ल्याब परीक्षणका क्रममा चिकित्सकलाई कमिसन दिने प्रयोगशालाहरु कारबाहीमा पर्ने भएका छन् । स्वास्थ्य मन्त्रालयले प्रयोगशालाहरुलाई व्यवस्थित, मर्यादित र गुणस्तरीय बनाउन नयाँ निर्देशिका ल्याएको हो । प्रयोगशालाको नियमनका लागि छुट्टै कानुन नहुँदा यो क्षेत्रमा विकृति बढेको भन्दै मन्त्रालयले ‘प्रयोगशाला स्थापना, सञ्चालन तथा मापदण्ड सम्बन्धि निर्दे्शिका २०७३’ ल्याएको हो । नयाँ निर्देशिका अनुसार चिकित्सकलाई कमिसन दिएर लोभ्याउने ल्याबको दर्ता खारेजीसम्मको कारवाही हुनेछ । मन्त्रालयले गरेको अनुगमनका क्रममा समेत अधिकांस ल्याबले हरेक परीक्षणबापत चिकित्सकलाई निश्चित रकम दिने गरेको फेला पारेको थियो । कमिसनका लोभमा बिरामीलाई अनावश्यक रुपमा धेरै परीक्षण गराउने गरेको फेला परेपछि मन्त्रालयले नयाँ निर्देशिका बनाएको हो ।