८ बैशाख २०८१, शनिबार
Follow Us

उद्योगमन्त्री जोशी लन्डनमा

नेपालब्रिटेन डट कम्
५ चैत्र २०७३, शनिबार ०८:१३

लन्डन । नेपाली कांग्रेसका युवा नेता तथा उद्योगमन्त्री नविन्द्रराज जोशी लन्डन आइपुगेका छन् । मन्त्री जोशी शनिवार विहान लन्डनस्थित हिथ्रो विमानस्थलमा उत्रिदा उनको स्वागतका लागि वेलायतका लागि नेपाली राजदूत दुर्गा वहादुर सुवेदी तथा नेपाली कांग्रेसका नेता तथा कार्यकता विमानस्थल पुगेका थिए ।

लन्डन लर्ड मेयरको औपाचारिक निमन्त्रणामा वेलायत उत्रेका जोशीले आइतवार नेपाली दूतावार लन्डनमा आयोजित ‘नेपालमा लगानीका सम्भवना सम्बन्धी’ एक कार्यशालामा सहभागी हुने कार्यक्रम छ ।

यस्तै नेपाल — वेलायत संवन्ध कायम भएको दुई सय वर्ष पूरा भएको अवसरमा आयोजित समापन कार्यक्रममा समेत सहभागी हुने वताएको छ ।

मन्त्री जोशीले मंगलवार देखी वेलायतस्थित सांसद तथा सरकारी उच्च अधिकारीहरुसंग भेटघाट गर्ने कार्यक्रमतय गरिएको छ ।
मन्त्री जोशीले आगामी वुधवार सिट अफ लन्डनमा आयोजित नेपालमा लगानीको सम्भवना सम्बन्धी एक अन्तरकृया कार्यक्रममा सहभागी हुने छन् ।
उनले वेलायतस्थित नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिद्धारा आयोजित अन्तरकृया कार्यक्रममा समेत सहभागी हुने छन् ।

2