७ बैशाख २०८१, शुक्रबार
Follow Us

झगडामा एक युवकको मत्यु, तीन गम्भीर

नेपालब्रिटेन डट कम्
५ चैत्र २०७३, शनिबार १३:३७

इटहरी । धरान उपमहानगरपालिका–१५ स्थित गणतन्त्र चोकमा युवकहरुबीच आज मध्याह्न झडप हुँदा सोही स्थानका २५ वर्षीय भक्तबहादुर राईको मृत्यु भएको छ । मृतक राईले आफ्नो घर अगाडि आइसक्रिम बिक्रेताबाट आइसक्रिम किनेर खाइरहेको अवस्थामा पैसा तिरेको वा नतिरेको विषयमा सोधखोज गर्न थालिएपछि भक्तबहादुरले एक जमात युवालाई कुटपिट गरी लखेटेका थिए । घटनास्थलबाट भागेर गएका ती युवाले केही समयपछि खुकुरी र चक्कुसहित अन्य साथीहरु लिएर भक्तबहादुरमाथि आक्रमण गर्न आएका थिए । युवाको कुटाइ र छुरा प्रहारबाट भक्तबहादुर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
उनको उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु-याइएपछि मृत्यु भएको थियो । आक्रमणमा संलग्नमध्ये सोही स्थानका १९ वर्षीय शुक्रराज राई, १७ वर्षीय प्रज्वल तामाङ र १९ वर्षीय रतन खत्री घाइते भएको र उनीहरुलाई पनि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक राजन पराजुलीले जानकारी दिनुभयो ।
घटनामा संलग्नमध्ये धरान–१५ कै पवन परियार, किशोर राई र बन्नु परियार फरार छन् । घाइते तीन जनाको प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।