१३ बैशाख २०८१, बिहीबार
Follow Us

एटिएमबाट पैसा चोर्ने दुई विदेशी पक्राउ

नेपालब्रिटेन डट कम्
६ चैत्र २०७३, आईतवार ०६:३९

पोखरा । जिल्ला प्रहरी कार्यालय, कास्कीले एटिएमबाट पैसा चोरेको आशङ्कामा दुई विदेशी नागरिकलाई आज पक्राउ गरेको छ । पोखराको लेकसाइडस्थित हिमालयन बैंक लिमिटेड र नविल बैंक लिमिटेडबाट पैसा निकाल्दै गरेको दृश्य सिसी क्यामराबाट देखेपछि प्रहरीले बुल्गेरियाली नागरिकद्वय रामन डिभोभ र मार्टिन रिस्टोरलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिनुभयो । उनीहरुबाट प्रहरीले तीन थान ल्यापटप र मोबाइल पनि नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको बताइएको छ ।