६ बैशाख २०८१, बिहीबार
Follow Us

निर्वाचन अन्योलमै आजबाट मतपत्र छपाई गरिँदै

नेपालब्रिटेन डट कम्
६ चैत्र २०७३, आईतवार ०६:५०

काठमाडौं । चुनाव हुने वा नहुने दुविधा रहेकै अवस्थामा निर्वाचन आयोगले मतपत्र थाप्न थालेको छ । चुनाव हुने वा नहुने दुविधा रहेकै अवस्थामा निर्वाचन आयोगले मतपत्र थाप्न थालेको छ । निर्वाचन स्थगित भयो अथवा स-यो भने नेपाली जनताको अर्बौ रुपैयाँ पानीमा बग्ने निश्चित छ । निर्वाचन हुन्छ भन्ने ग्यारेन्टीसहित राजनीतिक वातावरण बनिसकेको छैन । यही अवस्थामा मधेशी मोर्चा निर्वाचनमा जाने सम्भावना छैन । यद्यपि अर्थ मन्त्रालय निर्वाचन आयोगलाई अर्बै रुपैयाँ विनियोजन गरेर कर्मचारीलाई भत्तासहित काममा खटाएको छ भने मतपत्र छाप्नले लगायतको काम सुरु भइसकेको छ ।
जनक शिक्षा सामग्री केन्द्रले स्थानीय तह निर्वाचनका लागि आजवाट मतपत्र छपाइ शुरु गर्दैछ । शनिवार नै मतपत्र छपाइ गर्ने भनिए पनि केही प्राविधिक समस्या देखिएकाले आजवाट मत्रपत्र छाप्न लागिएको हो । मतपत्रको डिजाइन गर्ने कार्यमा केही ढिलाइ हुँदा छपाइ कार्यमा पनि त्यसको प्रभाव परेको हो । आज दिनभरिमा आयोगले आफ्नो प्रक्रियालाई पूरा गरेमा साँझबाट निरन्तर रूपमा छपाइ गर्ने तयारी छ । आगामी २०७४ वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचनका लागि हुने छापिने मतपत्रको सुरक्षाका लागि नेपाली सेनालाई जिम्मा दिइएको छ ।
आयोगका प्रमुख आयुक्त डाक्टर अयोधीप्रसाद यादवसहित आयुक्तहरूले शनिवार जनक शिक्षा पुगेर मतपत्र छपाइको अवलोकन गरेका थिए । आयोगले करिब एक करोड ४० लाख मतदाता हुने अनुमान गरी करिब एक करोड ६० लाख मतपत्र छपाइ गर्ने तयारी गरेको छ । मतदाता नामावली प्रशोधनको कार्य भइरहेकाले औपचारिक मतदाताको सङ्ख्या आउन बाँकी छ । आयोगले छ आकारका र ७५ जिल्लाका लागि ७५ वटै प्रकारका मतपत्र छपाइ गर्ने तयारी छ । आयोगले निर्वाचन प्रयोजनका लागि केन्द्रमा तथा ७५ वटै जिल्लामा दलहरूको दर्ता गरी निर्वाचन व्यवस्थापनका लागि सहज बनाएको छ । काठमाडाँैं जिल्लामा सबैभन्दा बढी ४७ र मनाङमा सबैभन्दा कम ६ वटा दल दर्ता भएका छन् ।
जिल्लामा दर्ता नभएका दलले स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दिन सक्नेछन् । त्यसैगरी हाल व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने दलहरूले मात्रै २०७० सालको संविधानसभा निर्वाचनका लिएको निर्वाचन चिह्न पाउनेछन् भने अन्य दलले स्वतन्त्र उम्मेदवारको हैसियतमा निर्वाचन चिह्न पाउनेछन् । आयोगमा हाल ११३ वटा राजनीतिक दल दर्ता भएका छन् ।