७ बैशाख २०८१, शुक्रबार
Follow Us

अनिला र भीमको भेडेटार घुम्ने रहर पुरानै (भिडियो)

नेपालब्रिटेन डट कम्
७ चैत्र २०७३, सोमबार ०९:००

काठमाडौं । पुर्वको पर्यटकीय बजार भेडेटार कसलाई घुम्ने रहर नहोला र ? अझ सोल्टी–सोल्टिनीसँग भेडेटार घुम्नको मज्जा बेग्लै हुन्छ । यस्तै, भावमा गायिका अनिला राई र गायक भीम लिम्बूले पुर्वेली लोकभाकामा ‘सोल्टी ज्यू’ बोलको गीत गाएका छन् । गीतमा भेडेटार घुम्ने रहर व्यक्त गरिएको छ ।
भेडेटार घुम्ने रहर पुरानो भन्दै गीतमा भेडेटारलगायत पुर्वको विभिन्न रमणीय स्थलहरुको बयान गरिएको छ । सोल्टी–सोल्टिनी पुर्वमा प्रचलित चर्चित शब्द हो जबकि, आफूलाई मनपर्ने तरुनी तथा तन्नेरीलाई सोल्टी–सोल्टिनी भन्ने गरिन्छ ।
गायिका अनिला र गायक भीमले यस गीतमा पुर्वतिर गाउँघरमा माया–पिरतीको लाउने तरुनी–तन्नेरी अर्थात सोल्टी–सोल्टिनीको स्मरण गराएका छन् । यस गीतलाई पछिल्लो समयका चर्चित संगीतकार ताराप्रकाश लिम्बूले संगीत गरेका हुन् भने शब्दरचना रमण सुबेदीको रहेको छ । यो स्टुडियो लिप्सिङ भिडियो हो । जसलाई अनिलाले आफ्नै यु–ट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन् ।