७ बैशाख २०८१, शुक्रबार
Follow Us

बेलायतले ईयूको अध्यक्षता गर्दैन : प्रधानमन्त्री मे

नेपालब्रिटेन डट कम्
५ श्रावण २०७३, बुधबार १५:१३

लन्डन । बेलायतकी प्रधानमन्त्री टेरेसा मेले युरोपियन युनियन (ईयू) का अध्यक्ष डोनाल्ड टस्कसँग सन् २०१७ को मध्यपछि ईयू अध्यक्षता गर्न पाउने भए पनि बेलायतले यसलाई छोड्ने बताउनुभएको बुधबार बेलायत सरकारले जनाएको छ । प्रधानमन्त्री मेले मङ्गलबार ईयू अध्यक्ष टस्कसँग गरेको टेलिफोन वार्तामा ईयूलाई सो निर्णय दिएको बेलायती प्रशासन केन्द्र डाउनिङ स्ट्रिटले जनाएको छ । ईयूको अध्यक्षता गर्ने पालो २८ सदस्य राष्ट्रबीच प्रत्येक छ महिनामा परिवर्तन हुने गर्छ ।
डाउनिङ स्ट्रिटका प्रवक्ताले प्रधानमन्त्री मेले आफूहरु ईयूबाट बाहिरिने प्रक्रियाका लागि वार्ताको तयारीमा रहेकोले ईयूको अध्यक्षता नगर्नु ठिक हुने निर्णय दिएको बताउनुभयो । बेलायती प्रधानमन्त्री मेले ब्रेक्जिट प्रक्रियाका लागि छलफल गर्न आफ्नो केही दिन लामो युरोप भ्रमण पूर्व बेलायती संसद (हाउस अफ कमन्स) मा सांसदहरुद्वारा गरिएका प्रश्नको जवाफ दिने कार्यक्रम छ । भ्रमणका क्रममा उहाँले जर्मन चान्सलर एन्जेला मर्केल र फ्रान्सका राष्ट्रपति फ्रास्वाँ अलान्दलाई भेटी बेलायतलाई ईयूबाट अलग्याउने (ब्रेक्जिट) प्रक्रियाका लागि छलफल सुरु गर्नु हुने कार्यक्रम छ ।