८ बैशाख २०८१, शनिबार
Follow Us

आज विश्व कविता दिवस

नेपालब्रिटेन डट कम्
८ चैत्र २०७३, मंगलवार ०६:००

काठमाडौं । आज नेपालमा पनि विश्व कविता दिवस मनाइँदैछ । नेपाल प्रज्ञा–प्रतिष्ठानको पद्य विभागले विशेष कवि गोष्ठी आयोजना गरी दिवस मनाउने प्राज्ञ अमर गिरीले जानकारी दिनुभयो ।
सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घको शैक्षिक तथा सांस्कृतिक सङ्गठन युनेस्कोले मार्च २१ तारिखलाई विश्व कविता दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । नेपालमा सन् २००२ देखि कविता दिवस मनाउन थालिएको हो ।