१६ चैत्र २०८०, शुक्रबार
Follow Us

वेलायतका नेपाली माझ राजकुमार ह्यारी (फोटो/भिडियो फिचर)

नेपालब्रिटेन डट कम्
८ चैत्र २०७३, मंगलवार ०९:०९

लन्डन । नेपाल ब्रिटेनबीच संबन्ध कायम भएको दुईसय वर्ष पुरा भएको अवसरमा लण्डनस्थित नेपाली दूतावासद्वारा आयोजित विशेष समारोहमा बोल्दै उनले लेउरानी गाउँकी ८६ वर्षीय तामाङलाई संझिएका थिए।

उनले भने, ‘ठिक एक वर्ष अघि म नेपाल पुगेको थिएँ। मैले भेटेका सबैजनाले मलाई दिनुभएको न्यानो स्वागत र माया, खासगरी मँगली तामाङ र उहाँको परिवार जसको घरमा म बसें, त्यो मैले कहिल्यै बिर्सने छैन।’
17440284_10155123035739282_679379900_n
गत मार्च महिनामा नेपाल पुगेका राजकुमार ह्यारीले उत्तरी गोर्खाको लापु गाउँविकास समितिस्थित प्रभातकिरण निमाविको पुनर्निर्माणमा पनि सघाएका थिए।

नेपाल भ्रमणको क्रममा आफुले गोर्खा सैनिकका केही गाउँहरु पुग्ने अवसर पाएको बताउँदै राजकुमार ह्यारीले गोर्खा सैनिकहरुको दृढ चरित्र कसरी बन्छ भन्नेकुरा आफुले बुझ्ने मौका पाएको बताए।

अफगानिस्तानमा गोर्खा सैनिकहरुसंग रहँदा उनीहरुले पकाएको खसीको पीरो झोल पिउँदा जाडो दिनमा पनि पसिना छुटेको उनले बताउँदा कार्यक्रमका सहभागीहरुमा हाँसो छाएको थियो।
17439729_10155121920969282_1523666513_n
आफ्ना पिताले जस्तै ब्रिगेड अफ गुर्खाजसँग चालिस वर्ष लामो संबन्ध नभएतापनि आफुले गोर्खा सैनिकहरुसंगको संबन्धबाट आफुले खुसी र गर्व महसुस गर्ने गरेको उनले बताए। राजकुमार ह्यारीले गोर्खालीहरुको साहस, निस्वार्थ त्याग र पेशाप्रति निष्ठाको प्रशंसा पनि गरे।

ब्रिटेनमा गोर्खालीहरुप्रति उच्च सम्मान रहेको कुरा दुई वर्ष अघिको भूकम्पपछि चलाइएको सहयोग संकलन अभियानमा ब्रिटिश जनताले देखाएको सहभागिताबाट प्रष्ट भएको उनले बताएका थिए।
17391890_10155121920069282_1945664563_n
राजकुमार ह्यारीले दूतावासभित्र ब्रिटिश सेनाको सर्वोच्च सम्मान भिक्टोरिया क्रसबाट सम्मानित १३ जना गोर्खा सैनिक तथा अधिकृतहरुको तस्वीरको अनावरण पनि गरेका थिए।
1
सो कार्यक्रममा ब्रिटेनकालागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले स्वागत गरेका थिए भने उद्योग मन्त्री नवीन्द्रराज जोशीले नयाँ संविधान पछि नेपाल स्थायित्वतर्फ अगाडि बढेको र सरकारले छिट्टै तीन तहको चुनाव गराउने तयारी गरिरहेको बताएका थिए।
कार्यकममा ब्रिटिश रक्षा मन्त्री मार्क लाङ्कास्टर, विभिन्न मुलुकका राजदूतहरु तथा बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति थियो।
17264344_10155121928699282_8438629817009054664_n
1
17410334_10155123035534282_822554167_n
17392049_10155121922809282_1441975339_n