१५ चैत्र २०८०, बिहीबार
Follow Us

अविश्वासको प्रस्ताव होइन, ईष्र्याको प्रस्ताव हो : प्रम

नेपालब्रिटेन डट कम्
५ श्रावण २०७३, बुधबार १५:३१

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूविरुद्ध अविश्वास नभई ‘इष्र्या’ प्रस्ताव दर्ता गराइएको टिप्पणी गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)को छैटौं राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को आज काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारको लोकप्रियताबाट तर्सिनेहरुले ‘इष्र्या प्रस्ताव’ दर्ता गराएको आरोप लगाएका छन् । आफू नेतृत्वको सरकार कायम रहे देश विकास होला, नागरिकले सुख पाउलान् भन्ने ‘इष्र्या’ले अविश्वास प्रस्ताव ल्याइएको प्रधानमन्त्रीको भनाइ थियो ।
सभामुखले ओनसरी घर्तीले आर्थिक विधेयकलाई नियमित कार्यसूचीबाट हटाएर अविश्वास प्रस्तावमाथि छलफलको मिति तोकेकाप्रति पनि प्रधानमन्त्री ओलीले असन्तुष्टि जनाए । संसद मनपरी गर्ने ठाउँ होइन भनेका प्रधानमन्त्रीले ‘बलजफ्ती’ गरेर अगाडि नबढ्न चेतावनी पनि दिए ।
अविश्वास प्रस्ताव दर्ता गराएर राजीनामा मागिएकोमा विपक्षी दलप्रति व्यङ्ग्य गरेका प्रधानमन्त्री ओलीले नेपालीले उठाएका सबै जायज माग सम्बोधन हुने तर नाजायज माग पूरा नहुने पनि दोहो-याए ।