४ बैशाख २०८१, मंगलवार
Follow Us

बेल्जियममा मनाईयो कोईरालाको सातौ स्मृति दिवस

नेपालब्रिटेन डट कम्
८ चैत्र २०७३, मंगलवार १०:११

बिष्णु सापकोटा
। नेपालका पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका दिवंगत नेता गिरिजा प्रसाद कोईरालाको सातौ स्मृति दिवस सोमबारका दिन बेल्जियमको आन्त्रोपेन शहरमा नेपाली जनसम्पर्क समिति आयोजानाम एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।
नेपाली जनसम्पर्क समिति बेल्जियमको भर्खर सम्पन्न चौथो अधिवेशन मार्फत नव निर्वाचित अध्यक्ष सीता सापकोटाको अध्यक्षतामा सम्पन्न स्मृति सभामा आफ्नो आसन बाट बोल्दै २००७ साल देखि नेपाली कांग्रेसमा कोईरालाको योगदान, प्रजान्त्रीक आन्दोलनमा भूमीका, माओबादी द्वन्द व्यवस्थापन तथा शान्ति बार्ता साथै लोकतान्त्रिक आन्दोलनका एक कुशल योद्धा को रुपमा स्वर्गीय कोईराला परिचित रहेको चर्चा गर्दै श्रद्धान्जली अर्पण गरेकी थिईन । साथै नेपाली जनसम्पर्क समिति को आफ्नो भर्खर सुरुवादी कार्य संगै सबै संग सहमति, सहकार्य, सहयोग को भावना ले हातेमालो गर्दै अगाडी बढ्ने बताईंन ।
प्रमुख अतिथिको आसन बाट बोल्दै सस्थापक अध्यक्ष ध्रुब राज पौडेल ले स्वर्गीय गिरिजा प्रसाद कोईराला प्रति श्रद्धा सुमन अर्पण गर्दै नेपाली प्रजातान्त्रीक आन्दोलन देखि शान्ति प्रकृया कोईरालाको भूमिका बारे चर्चा गरेका थिए । नेपाली जनसम्पर्क समिति बेल्जियमका पुर्व अध्यक्ष ईन्द्र क्षेत्री पकवान, गैर आवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष तथा नेजस पुर्व अध्यक्ष गंगाधर गौतम साथै निबर्तमान अध्यक्ष सुवाश जोशी ले गिरिजा प्रसाद कोईरालाको नेपाली राजनैतिक पृष्ठ भुमी, उहाले अङ्गीकार गरेको सहमति-सहकार्य वर्तमान परिप्रेक्षमा पनि उत्तिकै खाचो रहेको बताउदै वर्तमान संबिधान निर्माण पश्चात कार्यन्वयन तर्फ अधि बढी कार्य पुरा भएको खण्डमा मात्र उहा प्रति सच्चा श्रद्धान्जली हुने कुरा क्रमश आ-आफ्नो मन्तब्य मार्फत व्यक्त गरेका थिए ।
गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषद का सचिव अर्जुन कुमार श्रेष्ठ, आईसीसी सदस्य जानकी गुरुङ, यूके नेकपा माओवादी केन्द्र का केन्द्रीय सदस्य तथा कानुन विद सुरेन्द्र श्रेष्ठ, ओएन एफ बेल्जियमका महासचिव चन्द्र शर्मा, नेजस बेल्जियमका पुर्व सल्लाहकार गोबिन्द सुवेदी, नेपाल पत्रकार महासंघ यूरोप शाखा का उपाध्यक्ष ओम शर्मा, नेपाली व्यवसायी संघ का अध्यक्ष सीपी भट्ट, कास्की समाजका महासचिव तिर्थ धमला, क्षेत्री समाज बेल्जियमका राजु रेग्मी ले स्वर्गीय कोईरालाले नेपाली राजनीतिमा दिएको योगदान र वर्तमान नेपाली राजनीति विषम परिस्थितिमा कोईराला अभाव महसुस भएको बताउदै उहा प्रति श्रद्धान्जली अर्पण गरेका थिए । साथै अन्य बिभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको बिशेष उपस्थिति सहित उपस्थिति अन्य महानुभाव हरु समेत ले कोईराला प्रति पुष्प गुच्छा सहित श्रद्धा सुमन अर्पण गरेका थिए ।
उक्त स्मृति सभा मा उपस्थित सम्पूर्ण लाई बरिष्ठ उपाध्यक्ष देवेन्द्र शर्मा देबु आफ्नो मन्तब्य मार्फत स्वागत व्यक्त गर्दै नेपाली कांग्रेसको ईतिहास स्थापना काल देखि गणतन्त्र नेपालका महानायक को रुपमा कोईराला स्थापित भएको बताएका थिए । स्वर्गीय कोईरालाका महान वाणी हरु नेपाली कांग्रेस र वर्तमान राजनैतिक वृत्त मा उतिनै आवश्यक रहेको बताउदै महामन्त्री दिनेश भण्डारीले कार्यक्रम संचालन गरेका थिए ।