१४ बैशाख २०८१, शुक्रबार
Follow Us

सीमांकनलाई थाँती राख्दै संशोधन विधेयक अघि बढाउने माओवादीको निर्णय

नेपालब्रिटेन डट कम्
८ चैत्र २०७३, मंगलवार १०:३२

काठमाडौं । माओवादी केन्द्रले सीमांकन हेरफेरको बिषयलाई थाँती राख्दै संविधान संशोधन विधेयलाई अगाडि वढाउने भएको छ । सिंहदरवारमा आज विहान वसेको माओवादी केन्द्र संसदीय दलको वैठकले सीमांकन हेरफेर सहितको संविधान संशोधनमा दोस्रो ठूलो दल एमालेले अडान नछाडेपछि सहमतिको बिकल्प अघि सार्ने निर्णय गरेको हो । सिमांकन हेरफेरलाई थाँती राखे अन्य विषयमा सहमति खोज्न प्रमुख प्रतिपक्षी एमाले पनि सकारात्मक रहेको र मधेशी मोर्चा पनि आन्दोलनको सफल अवतरणको पक्षमा रहेको बुझाईका साथ राष्ट्रिय सभामा प्रतिनिधित्व, भाषा र नागरिकताको बिषयलाई लिएर मात्र संशोधन विधेयक अगाडि बढाउने निर्णय गरेको नेताहरुले बताएका छन । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले बैशाख ३१ गतेका लागि तय निर्वाचनबाट पछि फर्कने अवस्था नरहेको बताएका छन । सरकार जुनसुकै हालतमा निर्वाचन गराउन लागि परेको जानकारी दिदै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले त्यसका लागि तयारी थाल्न सांसदहरुलाई निर्देशन पनि दिएका छन । वैठकमा ७ नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुले आ–आफ्नो प्रदेशको निर्वाचन अवस्था बारे जानकारी गराएका थिए ।