१६ चैत्र २०८०, शुक्रबार
Follow Us

इयूद्वारा अप्रिल २९मा ब्रेक्जिटबारे बिशेष सम्मेलन गर्ने

नेपालब्रिटेन डट कम्
९ चैत्र २०७३, बुधबार ०६:०४

ब्रसेल्स । यूरोपियन यूनियन (इयू)का २७ सदस्य राष्ट्रले बेलायतको इयूबाट हुने बहिर्गमनका विषयमा राजनैतिक लक्ष्य निर्धारण गर्ने विषयमा निर्णय लिन आगामी अप्रिल २९ गतेका लागि विशेष सम्मेलनको आयोजना गर्ने भएको छ । इयू प्रमुख डोनाल्ड टस्कले मङ्गलबार इयू सदस्य राष्ट्रवीच विशेष सम्मेलन गर्न लागिएको जनाउनुभएको हो ।
बेलायतले यही मार्च २९ मा बे्रक्जिटका विषयमा औपचारिक प्रक्रिया शुरु गर्न आफ्ना धारणा सहितको पत्र इयूलाई पठाइन लागेको भनी बेलायत सरकारले सोमबार जनाएको थियो ।
”लण्डनले बेलायतको बहिर्गमनका विषयमा सोमबार जे भनेको थियो मैले तपाईहरुलाई यो जानकारी गराउछु कि यूरोपियन काउन्सिलको बैठक २९ अप्रिल शनिबारका दिन बोलाउने छु र यसले बे्रक्जिटबारे दिशा निर्देश गर्नेछ,” टस्कले ब्रसेल्समा पत्रकार सम्मेलन गरी बताउनुभयो ।