८ बैशाख २०८१, शनिबार
Follow Us

कोरियन भाषा परीक्षाको अनलाइन फारम आजबाट खुला

नेपालब्रिटेन डट कम्
९ चैत्र २०७३, बुधबार ०६:३३

काठमाडौं । जेठ महिलनामा हुने कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरिएको छ । भाषा परीक्षाका लागि आजदेखि १८ गते दिउँसो १२ बजेसम्म अनलाइनबाट आवेदन फारम भर्न सकिने छ । आवेदन फारम भर्नु पहिले दस्तुर बैंकमा जम्मा गरेर भौचर अनलाइनबाटै पठाउनु पर्ने शाखाले जनाएको छ । भौचर नम्बर र पासपोर्ट नम्बर भरेपछि मात्रै अनलाइन फारमका लागि पेज खुल्ने इपिएस शाखाले जनाएको छ । अनलाइनमा आवेदन दिएकाको प्रवेश–पत्र इमेल आइडीमा नै पठाइने भएकाले इमेलआइडी अनिवार्य हुनुपर्ने छ । यो वर्ष ८० हजारले इपीएस परीक्षा दिने अनुमान छ । आगामी वर्ष कोरियाले १० हजार २ सय कामदार लैजाँदैछ ।